रामेछाप– जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वर्ष २१ का सुवास कार्की रहेका छन् । बुधबार गाउँमा बिहे भोज खाएर राति घर फर्कदै गरेका कार्की साँघुरेखोलाको भीरबाट खसेका थिए । उनी ७० मिटर तल खसेका थिए । कार्कीको राति नै प्रहरी र स्थानियले उद्धार गरी जिल्ला अस्पताल ल्याएको भएपनि उनको उपचारको क्रममा ज्यान जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । उनीसँगै उनका साथी सविन शाही भीरबाट लडेका थिए । उनको उपचार पछि अबस्था सामान्य अवस्था रहेको बताइएको छ । प्रहरी चौकी रामेछाप डाँडाका अनुसार शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।
रामेछापमा एक युवकको भीरबाट लडेर मृत्यु

Posted By: दीक्षण दैनिक २६ माघ २०७९, बिहीबार १४:५६

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:३०
तोलामा सात सयले बढ्यो सुनको मूल्य
६ फाल्गुन २०८१, मंगलवार २०:२९
Be the first to comment on "रामेछापमा एक युवकको भीरबाट लडेर मृत्यु"