मन्थली (रामेछाप), १४ मङ्सिर : रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् । काठमाडाँैबाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँचजनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा जिप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ । मृतक अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगङ्गा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन् । अन्य एक घाइतेको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ । –––
रामेछापमा जिप दुर्घटना : पाँचजनाको मृत्यु, तीन घाइते
Posted By: दीक्षण दैनिक १४ मंसिर २०८१, शुक्रबार १९:२६
९ माघ २०८१, बुधबार १९:५८
मेलुङ गाउँपालिका-१ पवटीमा अस्थायी प्रहरी चौकी स्थापना
९ माघ २०८१, बुधबार १८:५७
२०८१ माघ ९ गतेको क्लिक गरेर Epaper पढ्नु होस
९ माघ २०८१, बुधबार १९:४१
Be the first to comment on "रामेछापमा जिप दुर्घटना : पाँचजनाको मृत्यु, तीन घाइते"