काठमाडौ–राष्ट्रपतिमा दुई जनाको उम्मेदवारी परेको छ । फागुन २९ गते हुने निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि एमाले(माओवादीबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दिएकी छन्। नेपाली कांग्रेसले भण्डारीको प्रतिस्पर्धीमा कुमारी लक्ष्मी राईलाई उम्मेदवारी दिन लगाएको छ । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधि सभा) सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट छ । संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानूनबमोजिम फरक(फरक रहेको छ। संघीय संसदका सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वा्चित हुने व्यवस्था छ । निर्वाचनको सिलसिलामा आयोगले मंगलबार मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता रहेका छन् । सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश गरिएको छैन । राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र स्थापना गरिएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति पदका उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा समेत निर्धारण गरिएको छ। आयोगले एक उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा बढीमा ४ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।
राष्ट्रपतिमा दुई जनाको उम्मेदवारी
Posted By: दीक्षण दैनिक २३ फाल्गुन २०७४, बुधबार १९:३३
२५ मंसिर २०८१, मंगलवार १९:३३
२०८१ मंसिर २५ गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
२५ मंसिर २०८१, मंगलवार १३:५४
हुस्सुले ढाक्दै मधेशः चिसोको कहरले जनजीवन प्रभावित
२५ मंसिर २०८१, मंगलवार १३:४६
रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते
२५ मंसिर २०८१, मंगलवार १३:४०
Be the first to comment on "राष्ट्रपतिमा दुई जनाको उम्मेदवारी"