चरिकोट (दीस) ः गौरीशंकर गाउँपालिका वडा नम्बर नौको रोल्वालिङ क्षेत्रमा सहज रूपमा हेलिकप्टर अवतरण गर्न दिनु पर्ने माग स्थानीयहरूले गरेका छन् । सडक मार्गको पहुँच नभएको विकट ठाउँ भएकोले पर्यटक उद्धार तथा स्थानीयका लागि हेलिकप्टर उडान गर्न सो निषेधित क्षेत्र हटाउनु स्थानीयहरूले माग गरेका हुन् ।
रोलवालिङ क्षेत्रअन्तर्गत च्छोरोल्पा ताल, बेदिङ, ना, टासिलाप्चा लगायतका ठाउँमा सडक यातायातको पहुँचपछि ४–५ दिनको पैदल यात्रा गर्नु पर्ने हुँदा पर्यटक तथा स्थानीय बिरामी हुँदा हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प नभएको गौरीशंकर गाउँपालिका वडा नम्बर नौका वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । वन्यजन्तु संरक्षणका नाममा हेलिकप्टर अवतरण निषेधित क्षेत्र घोषणा गरिएकोले स्थानीयहरू थप समस्यामा परेको उहाँको भनाई छ । हेलिकप्टर अवतरण गराउन विभिन्न कानुनी झन्झटबाट स्थानीयहरू आजित भएका कारण निषेधित क्षेत्र हटाउन आफूले हालै गृह मन्त्रालयमा औपचारिक रूपमा निवेदन दिएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
रोल्वालिङ क्षेत्रमा सहजरुपमा हेलिकप्टर अवतरण गर्न दिनुपर्ने माग

Be the first to comment on "रोल्वालिङ क्षेत्रमा सहजरुपमा हेलिकप्टर अवतरण गर्न दिनुपर्ने माग"