विद्यालय स्तरीय फुड फेस्टिभल सम्पन्न

चरिकोट(दीस)ः त्रिभुवन मावि मेलुङमा विद्यालय स्तरीय फुड फेस्टिभल सम्पन्न भएको छ । फेस्टिभल शुक्रबार सम्पन्न भएको हो ।
विद्यार्थीहरुमा विभिन्न जातजाति तथा समुदायको सांसकृतिक पर्वमा बनाईने खानाका परिकार बनाउने सीपको विकासकालागि फेस्टिभलको आयोजना गरिएको विद्यालयका प्रधानअध्यापक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । फेस्टिभलमा विद्यालयका विद्यार्थीहरुले खिर, दूध रोटी, अचार, पुवा, भुसुवा, गुन्द्रकको अचार, सेल रोटी, कोदाको सेल, मःमः, यमरी, खाप्सी जस्ता परिकार बनाएर प्रदर्शन गरेका थिए । विद्यालयमा कितावी ज्ञान मात्र नदिई सीप पनि सिक्नु पर्छ भन्ने मान्यताकासाथ कार्यक्रमको आयोजना गरिएको हो ।

Shares

Dikshan Online TV

Be the first to comment on "विद्यालय स्तरीय फुड फेस्टिभल सम्पन्न"

Leave a comment

Your email address will not be published.


*