काठमाडौं–विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले उनले सो बताएका हुन। १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै उनले भने, ‘विराटनगरको फिल्ड अफिस पनि उठ्छ ।’ २ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस खुलेको थियो । तर, अझैसम्म यो हटेको छैन । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले न पत्रको जवाफ दियो, न कार्यालय नै हटाएको छ । नाकाबन्दी अस्वीकार गरेर भारतलाई एक खालको सहमतिमा ल्याएको भन्दै नेकपा अध्यक्ष ओलीले राष्ट्रिय हितबाहेक आफ्ना अरु कुनै स्वार्थ नभएको बताएका छन् ।
विराटनगरको फिल्ड अफिस पनि उठ्छ” प्रधानमन्त्री ओली
Posted By: दीक्षण दैनिक ५ जेष्ठ २०७५, शनिबार १५:४२
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "विराटनगरको फिल्ड अफिस पनि उठ्छ” प्रधानमन्त्री ओली"