चरिकोट (दीस) ः दोलखाको शैलुङ गाउँपालिकामा रहेको शैलुङ्गेश्वर महादेव मन्दिर तथा भीमसेन सिला तरवारमा नयाँ वर्ष २०८२ को अवसरमा सामूहिक लघुरुद्री पूजा गरिने भएको छ । पूजा समितिका संयोजक प्रविणप्रसाद थपलियाका अनुसार वैशाख १ गते शैलुङ्गेश्वर महादेव मन्दिर र भीमसेन सिला तरवारमा विशेष पूजा आयोजना गर्न लागिएको हो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस स्थलमा श्रद्धालु भक्तजनहरूको सहभागिता बढाउने उद्देश्य रहेको आयोजकहरूको भनाइ छ । पूजाका अवसरमा स्थानीय शोभित उप्रेतीले भीमसेन सिला तरवारमा ५० केजी तौलको काँसको घण्टा चढाउने जनाइएको छ । लघुरुद्री पूजामा शैलुङ्गेश्वर महादेव मन्दिरमा १३ जना र भीमसेन सिला तरवारमा २३ जना गरी कुल ३६ जना पण्डितहरूले विशेष विधिपूर्वक पूजा गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय शैलुङ क्षेत्रमा पर्यटकहरूको आकर्षण बढ्दै गएका कारण होटल तथा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ ।
शैलुङ्गेश्वर महादेव मन्दिरमा लघुरुद्री पूजा हुने

Be the first to comment on "शैलुङ्गेश्वर महादेव मन्दिरमा लघुरुद्री पूजा हुने"