काभ्रेपलाञ्चोक(दीस)ः सडक अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायतका सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडामा ड्रोन प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा ड्रोनमार्फत वडाको मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो ।आइतबारदेखि परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल तथा सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले जानकारी दिनुभयो । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहायताले अत्यावश्यक सामाग्री पु¥याउन थालेको हो । हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामाग्री ढुवानी गर्न सकिनेछ ।
सडक अवरुद्ध भएका बस्तीमा ड्रोन मार्फत खाद्यान्न पठाइँदै

Be the first to comment on "सडक अवरुद्ध भएका बस्तीमा ड्रोन मार्फत खाद्यान्न पठाइँदै"