काठमाडौँ, १८ भदौ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको लागि १५ दिन कार्यावधि थप गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको थियो । त्यसैगरी प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुभएको छ । उहाँले ‘सावर्जनिक सेवा प्रशारण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ समेत सभा समक्ष पेश गर्नुभएको छ । ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा प्रतिनिधिसभाका सदस्य समक्ष पढेर सुनाउनुभएको छ । सभाको अर्को बैठक यही भदौ २४ गते दिनको १ बजे बस्ने भएको छ । (रासस)
सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियो
Posted By: दीक्षण दैनिक १८ भाद्र २०८१, मंगलवार १९:०२
२ आश्विन २०८१, बुधबार २१:०३
अनेरास्ववियु भोली अन्तर मावि दौड प्रतियोगिताको आयोजना गर्ने
३ आश्विन २०८१, बिहीबार ०८:०६
फेरी पनि हा¥यो नेपाल
३ आश्विन २०८१, बिहीबार १०:५१
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
३ आश्विन २०८१, बिहीबार १२:३९
Be the first to comment on "सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपियो"