दोलखा – दोलखा बैतेश्वर गाउँपालिका ६ नाम्दुमा रहेको हितैषी साना किसान कृषि बहुदेश्यीय सहकारी संस्थाले ऋण तथा व्याजदर घटाएको छ । संस्थाको संञ्चालन समितीको बैठकले असोज १० गते बाट लागु हुने गरी आफ्ना शेयर सदस्यहरुको लागि यस अगि प्रदान गर्दै आएको व्याजदर र ऋण लगानीको व्याजमा हेर फेर गर्ने निर्णय भएको संस्थाका अध्यक्ष माधव प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बचत तर्फ नियमीत बचत, बाल बचत, ऐच्छिक बचत, दैनिक बचतमा ६ प्रतिशत व्याज लागु गरीएको छ । संस्थाले ऋण तर्फ बचत बराबरको ऋणमा १० प्रतिशत कायम गरेको छ । त्यसैगरी शैक्षिक ऋणको लागि ११ प्रतिशत र अन्य ऋणको लागि १२ प्रतिशत कायम गरेको छ । संस्थाले यस अगि ऋण लगानीमा १५ प्रतिशत कायम गरेकोमा अहिले तिन प्रतिशत घटाइएको संस्थाका अध्यक्ष घिमिरेको भनाई छ । संस्थाले मुद्धति बचत तर्फ पनि व्याजदर घटाएको छ । एक वर्षे मुद्धति तर्फ सात, दुई वर्षे तर्फ आठ र तिन वर्षे तर्फ नाैँ प्रतिशत कायम गरेको छ । कोरोना माहामारीको समयमा शेयर सदस्यहरुलाई आर्थिक समस्या भएको र लगानी गर्दा समस्या हुने भन्दै संस्थाले व्याजदर घटाएको हो । संस्थाको अर्को निणर्य नहुनजेल सम्मको लागि मात्रै व्याजदर लागु हुने छ । संस्थामा हाल १६ सय २५ जना शेयर सदस्य रहेका छन भने संस्थाको कुल पुजी ६ करोड रहेको छ ।
Be the first to comment on "हितैषी साना किसान कृषि बहुदेश्यीय सहकारी संस्थाले ऋण तथा व्याजदर घटायाे"