हुचिल र लाटोकसेरो हाम्रो साथी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

सातौं हुचिल तथा लाटोकसेरो उत्सव जिरीमा शनिबार सम्पन्न भयो । उत्सवको उद्देश्य मानवहरुको साथी हुचिल र लाटोकसेरोको संरक्षणमा सहयोग पु¥याउनु नै हो ।
दोलखाको पर्यटकीय नगरी जिरीमा भएको ‘नेपाल लाटोकेसेरो तथा हुचिल उत्सव २०७४’ नाम दिइएको उत्सव नेपालमा सातौं हो । पर्यावरण सन्तुलनमा योगदान पु¥याउँदै आएका लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गर्ने सन्देशका जिरीमा लाटोकोसेरो तथा हुचील उत्सव आयोजना गरिएको गरियो ।
लाटोकोसेराको परिवारले एक सिजनमा तीन हजार वटासम्म मुसा खान्छ । साथै तिनले किरा फट्याङग्रा, सर्प, भ्यागुता नियन्त्रणमा पनि सहयोग र्पुयाउँछन् । तीमध्ये ९ प्रजाती दुर्लभ मानिन्छ । नेपालबाट वार्षिक दुई हजार बढी लाटोकोसेरा तथा हुचील मारिने तथा विदेशमा अबैध रुपमा पठाइने गरेको भेटिएको छ ।
विश्वभर करिव २ सय २५ प्रजातिका लाटोकोसेरो पाईन्छ । नेपालमा २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु रहेको अभिलेख छ । ती मध्ये ८ प्रजाति दुर्लभ मानिएका छन् । नेपालमा गैडा लगायतका बन्यजन्तुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यसको सँरक्षणमा चासो बढेको हो ।
औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चिन लगायत बिभिन्न खाडि मुलुकहरुमा यसको अवैध कारोवार हुने गरेको छ । प्रकृतिका साथीहरु नामक सँस्थाले ३५ जिल्लामा गरेको प्रारम्भिक अध्ययन अनुसार नेपालवाट वार्षिक २ हजार वटा सम्म लाटोकोसेरो तथा हुचिलको शिकार तथा अवैध रुपमा जीवितै किनवेच हुने गरेको छ । त्यस मध्ये दोलखा जिल्लावाट मात्रै बार्षिक २ सय भन्दा बढी लाटोकोसेरोको अवैध शिकार तथा व्यापार हुने गरेको अध्ययनले देखाएको छ ।
पर्यावरणलाई सन्तुलित राख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरेपनि अवैध चोरी शिकारीका कारण लोप हुने अवस्थामा पुगेको छ । नेपालमा कानुनीरुपमा लाटोकोसेरोलाई पाल्न, शिकार वा किनवेच गर्न पाईदैन । यसको शिकार वा किनवेच गरेमा २५ देखि ५० हजार सम्म जरिवाना वा ६ महिना देखि एक बर्षसम्म कैद सँजाय वा दुवै सँजाय हुने कानुनी व्यवस्था छ ।
हुन त प्रकृतिले पनि विभिन्न जनावर र चराचुरङ्गीहरु सन्तुलन कायम गर्नका लागि बनाएका हुन् । जथाभावी चराको सिकार गर्नाले अरु किरा र मुसा वृद्धि हुन्छ । त्यसले किसानको खेतबारीमा उत्पादन नष्ट गर्छ । त्यसले मान्छे भोकै पर्नु पर्ने अवस्था हुन्छ । त्यसैले अब प्राकृतिक सन्तुलन नबिर्ने गरी चराको संरक्षणमा लागौं ।

Shares

Be the first to comment on "हुचिल र लाटोकसेरो हाम्रो साथी"

Leave a comment

Your email address will not be published.


*