होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही हुने

चरिकोट (दीस) ः आसन्न होली पर्वमा इच्छा विपरीत जथाभावी रङ दल्ने तथा लोला हान्ने कार्य गर्नेलाई कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । आइतबार कार्यालयले सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
फागुन २९ गते पर्ने होली पर्वको अवसरमा होली मनाउने नाममा कसैको इच्छा विपरीत रङ छ्याप्ने, लोला हान्ने, पानी छ्याप्ने, लागुपदार्थ सेवन गराउने, होहल्ला गर्ने लगायतका कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही हुने"

Leave a comment

Your email address will not be published.


*