२३ सदस्यीय बैतेश्वर युवा संञ्जाल समिति गठन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट, २ भाद्र,–वैत्येश्वर गाँउपालिकाको भेलाले पुष्कर कुमार अधिकारीको अध्यक्षतामा २३ सदस्यीय बैतेश्वर युवा संञ्जाल समिती पनि गठन गरेको छ । शनिवार सदरमुकाम चरिकोटमा भएको भेलाले समितिको उपाध्यक्षमा बैतेस्वर ६ नाम्दुका बासु घिमिरे, सचिवमा बैतेस्वर ७ नाम्दुका नितेशकुमार थामी, सह सचिवमा बैतेस्वर १ गैरीमुदीका कुमार श्रेष्ठ र कोषाध्यक्षमा सोही स्थानकी रत्ना श्रेष्ठ चयन भएका छन् । यस्तै कार्य समितिको सदस्यहरुमा दिपेन्द्र अधिकारी, शालिकग्राम उप्रेती, मोहन श्रेष्ठ, चुँडाराज श्रेष्ठ, प्रेम ढुँगेल, सुमन खतिवडा, भरत श्रेष्ठ, अनमोल बस्नेत, कुश घिमिरे, रविन दाहाल, मिलन बस्नेत, मिनकुमार खड्का, मानकाजि तामाङ, बिजय कार्की र राजु थापा सर्वसम्मत चयन भएका छन् । बाँकी ३ सदस्य पछि मनोनित गरिने गरी हाललाई रिक्त राखिएको छ ।

त्यसैगरी सल्लाकार समितिमा लक्ष्मण खड्का, रामचन्द्र कार्की, प्रभु जिरेल, सुब्बा श्रेष्ठ, धुब्र आर्चाय, दिपक अधिकारी शान्त बहादुर उपे्रती लगाएत ७ सदस्यीय रहेका छन । यस्तै संरक्षक समितीमा वैतेश्वर गाँउपालिका प्रमुख, उप्रमुख सहित ८ वटै वडाका वडा अध्यक्षहरु गरी १० सदस्यीय संरक्षक समिती गठन गरेको छ ।
भेलाको उद्धघाटन गर्दै वैत्येश्वर गाउँपालिकाका उपाध्यक्ष रवि चन्द्र आर्चायले गाँउपालिकालाई समृद्ध गाँउपालिका बनाउन यूवाहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन् । आर्चायले स्थानीय तहलाई पारर्दशी हुनलाई युवाहरुको खबदारी आवस्यक रहेको उनले वताए । त्यसैगरी स्थानिय तहलाई जवाफदेही बनाउन सकिने आर्चायले धारणा राखेका छन ।
यस्तै भेलालाई सम्बोधन गदै वडा नम्बर ७ का वडा अध्यक्ष रेसमराजस्वराज रिमालले गाँउपालिकाले अहिलेसम्म गाँउपालिकाको हितका लागि नै काम गरीरहेको वताए । “गाउँपालिकाले गरेका राम्रा मात्रै हैन ,नराम्रो कामको समेत जनप्रतिनीधीहरुलाइ सल्लाह सुझाब दिन सबैलाई आग्रह गरे । आलोचनाले झन काम गर्न सजिलो हुने रिमालले बताए ।
यस्तै वडा नम्बर ८ का अध्यक्ष रमेश अधिकारीले गाँउपालिकाले सबै क्षेत्रलाई समान्तरण रुपले बजेट विनीयोजन गरेको र आफु पनि युवा जनप्रतिनीधी रहेको भन्दै युवालाई गाँउपालिकाको समृद्धिको लागि युवा सँगै सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
सामुदायिक प्रसारक संघका कोषाध्यक्ष लक्ष्मण खड्काले गाँउपालिकामा छरिएर रहेका पँुजीलाई संकलन गरी उत्पादन मुखी व्यवसायहरु संचालन गर्नु पर्ने वताए । अब गाँउपालिकाले कृषि उत्पादनलाई विषेश जोड दिनुपर्ने खडकाको भनाई रहेको छ ।

Shares

Be the first to comment on "२३ सदस्यीय बैतेश्वर युवा संञ्जाल समिति गठन"

Leave a comment

Your email address will not be published.


*