३ बर्षमा ःदोलखा जिल्लाबाट ९७ जना बेपत्ता

इश्वर बिश्वकर्मा, दोलखाबाट बर्षेनी बालबालिका हराउने क्रम बढेको छ । हराएका अधिकाँश बालबालिकालाई दोलखा प्रहरीको सक्रियतामा फेला पारी अभिभावकको जिम्मा लगाइने गरिएको छ । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रको करिब साढे त्रिवर्षीय तथ्यांकअनुसार जिल्लाबाट १ सय ४७ जना बालबालिका हराएका थिए । हराएका मध्ये १ सय २७ बालबालिकालाई प्रहरीको सक्रियतामा फेला पारिएको छ । २० जनालाई भने अझै बेपत्ता रहेको सेवा केन्द्रले जनाएको छ । बालकको तुलनामा बालिका धेरै हराउने गरेको पाइएको छ । सोही अवधिमा ८० बालिका र ६७ बालक हराएका थिए । हराएका मध्ये ६९ जना बालिका र ५८ जना बालक फेला परेका छन्, भने हराएका मध्ये ९ बालक र ११ बालिका गरि २१ जना बालबालिका बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । कोइरालाको अनुसार अन्य आवमा भन्दा २०७५÷०७६ मा धेरै बालबालिका हराएका थिए । हराएका मध्ये अधिकांश बालबालिकालाई प्रहरीको सक्रियतामा फेला पर्न सफल भएका थिए । उक्त अवधिमा २९ बालक र ३० बालिका गरी ५९ बालबालिका हराएका थिए । हराएका मध्ये २८ बालक र ३० बालिका गरी ५८ जना बालबालिका फेला परेका छन् । हराएका मध्ये १ बालक अझै बेपत्ता रहेको सुचना अधिकारी एवं प्रहरी निरीक्षक कोइरालाले बताए । त्यस्तै आव २०७४÷२०७५ मा बालक १९ र बालिका २६ गरि ४५ जना बालबालिका हराएका थिए । ति मध्ये १८ बालक र २४ बालिका गरी ४२ जना बालबालिका फेला परेका छन्, भने बालक १ र बालिका २ गरि ३ बालबालिका भेटाउन सकिएको छैन् । आव २०७६÷०७७ मा १४ बालक र १२ बालिका गरी २६ जना बालबालिका हराएका थिए, भने ११ बालक र ११ बालिका गरी २२ जना भेटिएका छन् । ति मध्ये बालक ३ र बालिका १ गरी ४ जना बालबालिका फेला परेका छैनन् । यस्तै चालु आवको ४ महिनाको अवधिमा ५ बालक र १२ बालिका गरी १७ जना बालबालिका हराएका छन् । हराएका मध्ये बालक १ र बालिका ४ गरी ५ जना बालबालिका भेटिएका छन् भने बालक ४ र बालिका ८ गरि १२ जना बालबालिकालाई खोजी गर्ने क्रम जारी रहेको उनले बताए । बालबालिका हराउँदा अभिभावकहरुले उजुरी दिन आउने तर भेटिएपछि प्रहरीलाई जानकारी नदिने गरेकोले पनि बालबालिका हराइरहेको वा फेला परिसकेको भन्ने तथ्याङ्क आद्यावधिक गर्न कठिनाई हुने गरेको उनले बताए । कमजोर आर्थिक अवस्था, पारिवारिक विचलन, घरेलु हिंसा, अशिक्षा लगायतका कारणले बालबालिका जोखिममा पर्ने गरेका छन् । बालबालिका बेपत्ता हुनबाट जोगाउन अभिभावकले ख्याल गर्नुपर्ने उनले बताए । महिला हराउने क्रम बढ्दो जिल्लाबाट महिला पनि हराउने क्रम बढेको पाइएको छ। सेवा केन्द्रको साढे त्रिवर्षीय तथ्यांकअनुसार २ सय २६ जना महिला हराएका थिए । ति मध्ये १ सय ८१ जना भेटिएका छन् भने अझै ४६ जना महिलालाई बेपत्ता रहेका छन् । आव २०७५÷०७६ मा धेरै महिला हराएका थिए । उक्त अवधिमा ८४ जना महिला हराएका थिए । ति मध्ये ७३ जना मात्र भेटिएका छन्, भने ११ जना महिला फेला परेका छैनन् । आव २०७४÷०७५ मा ६६ जना महिला हराएका थिए । ५२ जना फेला परेका छन्, भने १४ जनालाई फेला पार्न सकिएको छैन् । आव २०७६÷०७७ मा ६३ जना महिला हराएका थिए । ति मध्ये ५१ जना महिला भेटिएका छन् भने १२ जना बेपत्ता रहेका छन् । त्यस्तै चालु आवको ४ महिनाको अवधिमा १३ महिला हराएका छन् । ४ जना भेटिएका छन् भने ९ जना महिलालाई प्रहरीले हुलियाको आधारमा खोजी कार्य गरिरेको छ । कति हराए पुरुष ? महिला, बालबालिकाको तुलनामा पुरुष कम हराउने गरेको पाइएको छ । साढे त्रिवर्षीय अवधिमा ५९ जना पुरुष हराएका थिए । हराएका मध्ये २७ जना पुरुष फेला परेका छन्, भने ३२ जना पुरुष फेला पर्न सकेका छैनन् । आव २०७५÷०७६ मा नै पुरुष धेरै हराएका थिए । उक्त अवधिमा २९ जना पुरुष हराएकामा १३ जना फेला परेका छन्, भने १६ जना फेला परेका छैनन् । आव २०७४÷ ०७५ मा ११ जना पुरुष हराएकोमा ५ जना फेला परेका थिए । भने ६ जना फेला पर्न सकेनन् । आव २०७६÷०७७ मा १६ जना पुरुष हराएकामा ९ जना फेला परेका थिए । ७ जना फेला परेका छैनन् । चालु आवको ४ महिनाको अवधिमा ३ जना पुरुष हराएकामा ३ जना नै फेला पर्न नसकेको र खोजी कार्य जारी रहेको दोलखा प्रहरीले जनाएको छ । यसरी जिल्लाबाट १ सय ४७ बालबालिका, २ सय २६ महिला र ५९ जना पुरुष र २ जेष्ठ नागरिक गरी ४ सय ३४ जना मानिस हराएका थिए । ति मध्ये प्रहरीको सक्रियता र सहयोगमा ३ सय ३७ जना मात्र फेला परेका छन् । अझै ९७ जना मानिस बेपत्ता रहेको प्रहरीले जनाएको छ । आफन्तले हराएकालाई खोजीदिन उजुरी दिएपछि हुलियाको आधारमा प्रहरीले खोज्ने गर्दछ । आर्थिक अवस्था कमजोर, अशिक्षा, बेरोजगारी लगायतको कारण पारिवारिक समस्या र विवादको कारण परिवारलाई जानकारी नै नदिई बेपत्ता हुने गरेको प्रहरीको ठम्याई रहेको छ ।

Shares

Be the first to comment on "३ बर्षमा ःदोलखा जिल्लाबाट ९७ जना बेपत्ता"

Leave a comment

Your email address will not be published.


*