ओडीआई मान्यता पाएको नेपाललाई थुप्रै अवसर, चुनौती उत्तिकै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएसँगै नेपाली क्रिकेटको अहिले सर्वत्र चर्चा छ । एकदिवसीयको अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले थुप्रै अवसर पाउनेछ । विश्वकप छनोटको प्लेअफमा नेपालले पपुवा न्युगिनी र नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले यो ऐतिहासिक सफलता पाएको हो ।
एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले यस्ता अवसरहरु पाउनेछ–

इन्टरकन्टिनेन्टल कप
इन्टरकन्टिनेन्टल कप एसोसिएट राष्ट्रको सबैभन्दा उच्च स्तरको प्रतियोगिता हो । यो चार दिवसीय फम्र्याटमा हुने गर्छ । आईसीसीले यही प्रतियोगिताको प्रदर्शनका आधारमा पनि एसोसिएट राष्ट्रलाई टेष्ट मान्यता दिने–नदिने टुंगो लगाउने गर्दछ । सन् २०१५ देखि २०१७ सम्म भएको इन्टरकन्टिनेन्टल कपको विजेता अफगानिस्तान र उविजेता बनेको आयरल्याण्डले टेष्ट मान्यता पाएका छन् ।

नेपालले पनि एक दिवसीय मान्यता पाएसँगै यो प्रतियोगिता खेल्न पाउनेछ । नेपालको भविष्यसँग जोडिएको प्रतियोगिताको रुपमा यसलाई हेरिएको छ ।

च्याम्पियनसिप
सन् २०१५ देखि २०१७ सम्म चलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले सहभागिता जनाएको थियो, जुन प्रतियोगितामा नेपालले खराब प्रदर्शन गर्दै सातांै स्थानमा परेर रेलिगेशन हँुदै डिभिजन टु मा घटुवा भएको थियो ।

विश्वकप छनोटबाट नेपालले २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएसँगै पुनः आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ ।

विशेष सुविधा
नेपालले एसोसिएट राष्ट्रको रुपमा जति रकम आईसीसीबाट पाउने गरेको थियो, अब त्यो बढ्नेछ । उच्च कोटीको प्रशिक्षक, खेलाडीलाई दिइने सुविधा, विभिन्न देशमा प्रशिक्षण तथा एक दिवसीय सिरिज खेललगायतका सुविधा नेपालले आईसीसीबाट पाउनेछ ।

नेपालले २०२२ सम्मका लागि प्रत्येक वर्ष करिब ८ करोड रुपैयाँ आईसीसीबाट पाउनेछ । त्यसो त अब नेपाल पनि आईसीसीको बरियतामा आएको छ । अब नेपालले खेल्ने खेलअनुसार आई%

Shares