अझै तीन पटक प्रधानमन्त्री हुन्छु.ओली प्रचण्डलाई देउवाको जवाफ :

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं-काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफु अझै तीन पटक प्रधानमन्त्री बन्ने बताएका छन् ।

देउवा अहिले चौथो पक प्रधानमन्त्री छन् ।
हिजो मात्र गोरखा पुगेर एमाले अध्यक्ष ओली र माअ‍ोवादी अध्यक्ष प्रचण्डले देउवालाई काँग्रेसको अन्तिम प्रधानमन्त्री घोषणा गरेपपछिदेउवाले आज त्यसको जवाफ दिएका हुन् ।

चुनाव प्रचार प्रसारका लागि बुधबार धनगढी आएका प्रधानमन्त्री देउवाले बिहीबार बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफू अझै तीन पटक प्रधानमन्त्री बन्न बाँकी रहेको बताएका हुन् ।

पत्रकारसँग देउवाले भने
-ज्योतिषीहरुले मलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन, म फेरी तीन पटक प्रधानमन्त्री हुन बाँकी छ, कम्युनिस्टहरुले भनेर हुन्छ ?
-म डडेल्धुराबाट जित्नेमा ढुक्क छु । मलाई तपाईहरु डडेल्धुराबाट पनि जित्छस् भनेर सोध्नुहुन्छ ?
-सुदूरपश्चिमबाट जित्ने बित्तिकै मुलुकको प्रधामन्त्री म हुन्छु ।

 

Shares

Be the first to comment on "अझै तीन पटक प्रधानमन्त्री हुन्छु.ओली प्रचण्डलाई देउवाको जवाफ :"

Leave a comment

Your email address will not be published.


*