काठमाडौं,– नाइजेरियाले आइसल्याण्डमाथि जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा नाइजेरियाले आइसल्याण्डमाथि दुई गोल गर्दै पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको हो । नाइजेरियाको जितमा अहमद मुसा नायक बने । आइसल्याण्डका गेल्फी सिगुडसन पेनाल्टिमा चुक्दा नाइजेरियासँग आइसल्याण्ड निराश बन्न पुग्यो । पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्याण्डले बराबरी खेलेपछि समस्यामा परेको छ । यो समूहमा दुई खेल जितेको क्रोएसीया अन्तिम १६ मा पुगिसकेको छ । नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा छ र आइसल्याण्ड र अर्जेन्टिना समान एक एक अंकमा छन् । नाइजेरियाले आइसल्याण्डलाई पराजित गर्दा अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै रहेको छ । अब अर्जेन्टिनाले माथिल्लो चरणमा पुग्नका लागि नाइजेरियालाई पराजित गर्नुपेर्नछ भने क्रोएसियाले आइसल्याण्डलाई पराजित गर्नुपर्नेछ ।
आइसल्याण्डलाई नाइजेरियाले जित्दा अर्जेन्टिनाको सम्भावना बलियो, यस्तो छ गणित
Posted By: दीक्षण दैनिक ९ असार २०७५, शनिबार १४:०७
२५ भाद्र २०८१, मंगलवार १५:०९
अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउँदै बिगु गाउँपालिका
२५ भाद्र २०८१, मंगलवार ११:५०
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
२५ भाद्र २०८१, मंगलवार ११:४२
गङ्गालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण
२५ भाद्र २०८१, मंगलवार ११:५५
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
२५ भाद्र २०८१, मंगलवार १२:०५
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छः अध्यक्ष दाहाल
२५ भाद्र २०८१, मंगलवार ११:५८
Be the first to comment on "आइसल्याण्डलाई नाइजेरियाले जित्दा अर्जेन्टिनाको सम्भावना बलियो, यस्तो छ गणित"