दोलखामा पाँडे राज्य रहेको प्रमाण भेटियो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

श्रृजन कुमार घिमिरे
चरिकोट–समधर भ–ुभाग अनि सवै तिर देखिने रमणीय स्थल तर विगतमा त्यहाँका स्थानीय बासिन्दा त्यस स्थानमा जान भने डराँउथे । उसको पहिचान नै गायव थियो । तर अहिले पहिचान कायम गर्न फर्कर्दै छ वैतेश्वर गाँउपालिकाको केन्द्र स्थल भएको पाँडुडाडाको । त्यसको आफनो पहिचान गाँउपालिकाको केन्द्र वन्ने उसको पहिचान फेरी वाहिर आउन थालेको छ । पाँडेहरुले राज्य गरेको स्थान हो अहिले वैतेश्वर गाउँपालिका बन्न थालेको स्थान पाँडुडाडा । त्यसको प्रमाण देखियो गाँउपालिका आफनो संरचना बनाउन जमिनलाई फराकिलो इटा तथा दरवार बनेको संरचना नै देखिएको छ । अहिले पाँडुडाडा पुग्ने सवैले देख्न सक्छन, इटा छरिरहेको देख्न सकिन्छ । सुनसान स्थल चहल पहल नै नभएको स्थानमा हाल चर्चामा आएको छ ।


लामो समय शिक्षक पेशाबाट अवकास लिएका तथा हाल सो गाँउपालिका उपाध्यक्ष रहेका रवि चन्द्र आचार्यका अनुसार पहिला पाँडुडाडामा पाँडेहरुले राज्य गरेका र पछि किराँतले सो राज्यमा आक्रमण गरे पछि त्यो राज्य बिस्तापित भएको इतिहाँस भएको बताए । “त्यहाँँ भेटिएका इटाहरु तेलमा पकाएको भेटियो हामी त्यस इतिहासको खोजी गर्न सवैलाई अनुरोध गर्दछौ उपाध्यक्ष आर्चायले भने । पाँडे राजाहरुले दरवार भएको त्यस स्थानमा खेल मैदान जस्ता अवषेस अहिले पनि देखिएको छ । स्थानीयका अनुसार त्यस क्षेत्रमा राजा तथा सैनिकले तत्कालीन अबस्थामा तालिम गर्ने स्थान हाल पनि रहेको उनले बताए । सैनिकले तालिम गर्ने स्थान सो स्थानबाट १०० मिटर नजिक रहेको र हाल त्यो चउर खेतमा परिणत भएको स्थानीय पुण्य प्रसाद घिमिरे बताए । त्यसैगरी त्यस स्थानमा दरबार भएको प्रमाण अरु स्थानले देखाएको उनको भनाई रहेको छ ।
वैतेश्वर गाँँउपालिका बिकास तथा योजना अनुगमन गर्न गर्न त्यस डाँडामा पुगेका दोलखा प्रदेश सभाका सांसद बिशाल खडकाले यस स्थानले आफुलाई मन छोएको बताए । यस स्थानमा नयाँ शहरीकरण योजना निर्माण गाँउपालिकालाई सुझाव दिए । त्यसैगरी जिल्ला समन्यय समिति दोलखा प्रमुख डबल पाँण्डेले पाँडुडाडा रमणणिय छ भन्ने आफुले पहिला परिकल्पना नगरेको बताए ।

त्यहाँ पुगेपछि पाँडुडाडामा छिटो संरचना वनाउन गाँउपालिकालाई सुझाव दिएको बताए । गाँउपालिकाले भने त्यस स्थानमा हेलिप्याड रोक्ने स्थान सहित संरचना बनाउन अहिले गुरुयोजना निर्माण कार्य भइराखेको गाँउपालिका उपाध्यक्ष अचार्य जानाकारी दिए । पहिला केन्द्र विबादमा फसेको सो गाँउपालिका सवैको केन्द्र चुनाव पछि भने सर्वसमतले पाँडुडाडा कायम भएको छ । स्थानीय तहको निर्वाचन पछि पहिलो गाँउसभाको बैठकले पाँडुडाडामा गाँउपालिकाको केन्द्र सार्ने निर्णय ग¥यो त्यसको सिफारीस मन्त्री परिषद्धमा पठायो, हाल त्यो स्थानमा केन्द्र कायम हुने गरी राजपत्रमा कायम भएको छ । त्यस स्थानमा केन्द्र कायम गर्न स्थानीयको ठुलो भुमिका रहेको रहेको छ । त्यस स्थानमा केन्द्र राख्न स्थानीयले गाँउपालिकालाई ५५ रोपनी जग्गा नै गाँउपालिकालाई दिएको गाँउपालिका प्रमुख छवि लामा बताए । गाँउपालिकाले यो बर्ष बाट भवन बनाउन लाग्ने पनि प्रमुख लामाले जानाकारी दिए । राज्य भएको त्यसको अहिलेसम्म इतिहास वाहिर आउने सकेको छैन ।

Shares

Be the first to comment on "दोलखामा पाँडे राज्य रहेको प्रमाण भेटियो"

Leave a comment

Your email address will not be published.


*