आफैंले ल्याएको कानूनविपरीत सम्बन्धन दिने शिक्षामन्त्रीको तयारी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं, १९ असार –शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आफैँले हस्ताक्षर गरेर राष्ट्रपतिमार्फत जारी गरेको अध्यादेशविपरीत चिकित्सा शिक्षा संस्थालाई सम्बन्धन दिने प्रयासमा छन् ।

माथेमा कार्यदलको प्रतिवेदनअनुसार चिकित्सा शिक्षाका सबै कार्यक्रमको सम्बन्धन तथा नियमन गर्ने जिम्मेवारी चिकित्सा शिक्षा आयोगलाई दिने गरी अध्यादेश जारी भएको थियो ।

तर, अध्यादेश जारी भएकै वेला अध्यक्षको रूपमा सिटिइभिटीको बैठक राखेर मन्त्री पोखरेलले केही कलेजलाई सम्बन्धन दिने प्रयास गरेका थिए । कानुनको व्याख्या गर्दै सिटिइभिटीका पदाधिकारीले निर्देशन कार्यान्वयन गरेका छैनन् । तर, मन्त्रीको प्रयास जारी छ । आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

Shares

Be the first to comment on "आफैंले ल्याएको कानूनविपरीत सम्बन्धन दिने शिक्षामन्त्रीको तयारी"

Leave a comment

Your email address will not be published.


*