उद्योग वाणिज्य संघ दोलखाको पहलमा रोक्काले लिए प्रमाणपत्र

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – चरिकोट बजारको फुटपाथमा व्यापार गरेर एकाएक चर्चामा आएका मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीका कुमार रोक्काले व्यवसाय सञ्चालनका लागि पसल दर्ता गरेका छन ्। उद्योग वाणिज्य संघ दोलखाको पहल तथा भिमेश्वर नगरपालिको समन्वयमा उनले आइतबार पसल दर्ता गरेका हुन । शनिबार व्यावसायीले फुटपाथ हटाउने क्रममा व्यावसायी र रोक्का विच विवाद भएको भिडियो पत्रकार रमेश खतिवडाले आफ्नो सामाजिक संन्जाल फेसबुकमा अपलोड गरेपछि उनी एक एकाएक चर्चा आएका थिए ।
उनलाई व्यवसायिक प्रमाणपत्र उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्की र वडा नम्बर ६ का अध्यक्ष नविन लामाको पहलमा प्रदान गरिएको छ । फुटपाथ हटाउने क्रममा व्यावसायीवाट केही त्रुटी भए पनि अगामी दिनमा सच्याएर जानु पर्ने अध्यक्ष सुन्दर कार्की बताए । नेपाल सरकारको नियम कानुनमा रहि सबैले व्यापार गर्न पाउनू पर्ने बताए । नेपाल सरकारको नियम कानुनमा रहि व्यवसायीले आफ्नो व्यवसायलाई प्यान, भ्याटमा दर्ता गराई राज्यलाई कर तिर्नुपर्नेमा कार्कीले जोड दिए । त्यसैगरी भिमेश्वर नगरपालिकाका ६ का वडाध्यक्ष नवीन लामाले स्थानीय सरकारले कानुन कार्यान्वयन लागि पहल गरिएको अवस्थामा चुनौतीहरु उत्पन्न हुनु स्वभाविक भएको बताए । कानुन कार्यन्वयन गर्ने दायित्व सवै नागरिकको उनले बताए । मानवीय समवेदनाको हिसाबले शनिवारको घट्ना अप्रिय भएपनि त्यसले पाठ सिकाएको बताउदै चरिकोट बजारको फुटपाथलाई व्यवस्थित गर्न नगरपालिका लाग्ने उनको भनाई थियो ।

Shares

Be the first to comment on "उद्योग वाणिज्य संघ दोलखाको पहलमा रोक्काले लिए प्रमाणपत्र"

Leave a comment

Your email address will not be published.


*