एथ्लेटिकोमाथि पीएसजी ३–२ गोलले विजयी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ । पीएसजीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।  पिएसजीको जितमा क्रिष्टोफर कुनकु, मौसा डियबी र भिजिर्लिउ पोष्टालाचीले समान १–१ गोल गरे । एथ्लेटिको मड्रिडका भिक्टोर मोल्लेजोले एक गोल गरेका थिए । त्यस्तै, एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफको ३२ औं मिनेटमा कुनकुले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पिएसजीले १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा एथ्लेटिको मड्रिडले २ गोल र्दा पीएसजीले पनि २ गोल गर्न सफल भयो ।

खेलको ७१ औं मिनेटमा डियबीले गोल गर्दै पिएसजीलाई दोब्बर अग्रतामा पुर्‍याएका थिए । त्यसको ४ मिनेटपटि खेलको ७५ औं मिनेटमा एथ्लेटिकोका मोल्लेजोले गोल गर्दै खेल २–१ गोलको स्थितिमा पुर्‍याएका थिए । खेलको ८६ औं मिनेटमा पिएसजीका एन्टोनी बेर्नेडेले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।

पोष्टालाचीले खेलको अन्तिम समयमा गोल गर्दै पिएसजीलाई ३–२ गोलअन्तरको जित दिलाए ।

Shares

Be the first to comment on "एथ्लेटिकोमाथि पीएसजी ३–२ गोलले विजयी"

Leave a comment

Your email address will not be published.


*