कमजोर छैन स्विट्जरल्यान्ड, ब्राजिलले के गर्ला ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

पाँच पटकको च्याम्पियन ब्राजिल रुस विश्वकपको बलियो टीम हो । स्टार खेलाडीहरुले भरिएको ब्राजिललाई रुस विश्वकपमा सुखद् सुरुवात गर्न स्विटजरल्याण्डको चुनौतीलाई पन्छाउनुपर्ने छ ।

ब्राजिलले स्विटजरल्याण्डसँग आज खेल खेल्दैछ ।

चार वर्ष पहिला आफैले आयोजना गरेको विश्वकपको सेमिफाइनलमा पराजय बेहोरेर बाहिरिएको ब्राजिललाई रुस विश्वकपबाट त्यसमा मल्हम लगाउने अवसर प्राप्त भएको छ ।

पाँच पटकको विश्वकप जीतेको ब्राजिलका कोच टीटेको मार्गदर्शनमा राम्रो लयमा रहेको छ । ब्राजिल रुस विश्वकपमा क्लालिफाइ हुने पहिलो टीम पनि हो ।

ब्राजिलले अभ्यास खेलमा पनि शानदार प्रदर्शन गरेको छ । फवार्ड विलियम, रोवटों फर्मिनो, जिसस, कौटिन्हो र नेयमार लगायतका खेलाडी उत्कृष्ठ फर्मममा रहेका कारण ब्राजिललाई रुस विश्वकपको मुख्य दाबेदारको  रुपमा हेरिएको छ ।

भाल्मिर पेट्कोभिचको प्रशिक्षणमा लगातार चौथो पटक विश्वकपमा स्थान पक्का गरेको स्विट्जरल्यान्ड ६४ वर्षपछि प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा छ ।

स्विट्जरल्यान्ड २०१४ मा अन्तिम १६ को खेलमा अर्जेन्टिनासँगै पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।

छनोट चरणका १० मध्ये ९ खेल जित्दै विश्वकपमा स्थान पक्का गरेको स्विट्जरल्यान्ड फिफा विश्व वरीयताको छैटौं स्थानमा छ । उनीहरूले छनोट चरणमा गरेका २३ गोल १४ खेलाडीको नाममा रहेको थियो । बेन्फिकाका स्ट्राइकर

ह्यारिस सेफेरोनोभिच तथा विंगर स्टेफन जुबर तथा जर्दान साकिरी टोलीका टोलीको प्रमुख खेलाडी हुन्।

Shares

Be the first to comment on "कमजोर छैन स्विट्जरल्यान्ड, ब्राजिलले के गर्ला ?"

Leave a comment

Your email address will not be published.


*