कायम रहला क्रोयसियाको अपराजित यात्रा ? इंग्ल्याण्डलाई हराएर फ्रान्ससँग भेट्ने चाहना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

असार २७, २०७५ विश्वकपको अन्तिम सेमिफाइनमा बुधबार क्रोयसिया र इंग्ल्याण्ड आमनेसामने हुने भएका छन्। विश्वकपको क्वार्टरफाइनलमा अायाेजक रसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोयसिया सेमिफाइनलमा प्रवेश गरेको हो भने स्वीडेनलाई हराउँदै इंग्ल्याण्डले क्रोयसियासँगको भेट पक्का गरेको हो।  यी दुईबीचको खेल बुधबार मध्यराति रसियाको लुजिन्सकी रंगशालामा  हुनेछ। यी दुई टोलीले हालसम्म आठ पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्। जसमध्ये इंग्ल्याण्डले चार पटक जितेको छ भने क्रोयसियाले दुई पटक जित दर्ता गरेको छ। अाठमध्ये यी दुई टोलीले दुई पटक बराबरी खेलेका छन्।  विश्वकपमा क्रोयसिया भने एक पटक पनि पराजित भएको छैन उसले समूह चरणका तीन खेलमा तीनैमा जित निकाल्दै ९ अंकका साथ समूह विजेता बनेको थियो। समूह डीमा रहेको क्रोयसियाले अर्जेन्टिना नाइजेरिया र आइसल्याण्डलाई हराएको थियो। अन्तिम १६ मा क्रोयसियाले डेमार्कलाई पेनाल्टी सुटआउटमा हराएको थियो। इंग्ल्याण्डले भने समूह चरणमा दुई खेल जित्दा बेल्जियमसँग पराजित हुन् पुगेको थियो। समूह चरणमा पानामा र ट्युनिसियालाई पराजित गरेको थियो। प्री–क्वार्टरफाइनलमा कोलम्बियालाई टाइब्रेकरले हराएको इंग्ल्यण्डले क्वार्टरफाइनमा भने स्वीडेनलाई २–० गोल अन्तरले पराजित गरेको थियो। क्रोयसिया २० वर्ष अघि सेमिफाइनलमा पुगेको थियो। सन् १९९८ आयोजक फ्रान्ससँग हारेको क्रोयसिया त्यतिबेला तेस्राे भएकाे थियाे। यो वर्ष भने क्राेयसिया विश्ककपको उपाधि दाबेदारको रूपमा लिइएको छ।

Shares

Be the first to comment on "कायम रहला क्रोयसियाको अपराजित यात्रा ? इंग्ल्याण्डलाई हराएर फ्रान्ससँग भेट्ने चाहना"

Leave a comment

Your email address will not be published.


*