कालिञ्चोक गाउँपालिका केन्द्र पोखरेमा प्रस्ताव

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–कालिञ्चोक गाउँपालिका केन्द्रको उपाध्यक्ष कालिका पाठकले लामिडाँडाको पोखरेमा प्रस्ताव गर्ने निर्णय गरेकी छिन् । अध्यक्ष विनकुमार थामीले लापिलाङमा गाउँ सभा बोलाए पनि उपाध्यक्ष पाठक भने वैकल्पिक ठाउँको रुपमा पोखरेमै पुगेर आफ्नै अध्यक्षतामा बैठक गरी पोखरेलाई केन्द्र बनाउँन गाउँ सभामा प्रस्ताव लैजाने निर्णय गराएकी छिन् ।
कालिञ्चोक गाउँपालिका वडा नं. ३ पोखरेमा वडा नंं ३, ७ र ८ का वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति थियो । साविकको कार्यालय रहेको सुनखानीमा वडा नंं. १ देखि ६ सम्मका जनप्रतिनिधिहरु नमानेपछि अध्यक्षले लापिलाङ प्रस्ताव गरेका थिए ।
पोखरेमा भवन, सरकारी जग्गा समेत भएकाले पोखरेदेखि थलारीसम्मको जग्गामा स्थायी केन्द्र राख्ने निर्णय गरेको हो । बैठकमा गएको स्थानीय तहमा अध्यक्षका निकट्तम प्रतिद्वन्द्वी कुलबहादुर बुढाथोकी सहितका विपक्षी नेताहरुको समेत उपस्थिति भएको स्थानीयले बताए ।
तर अध्यक्ष थामीले भने शुक्रबारदेखि लापिलाङमा गाउँ सभा सुचारु भएको बताए । गाउँ सभामा सहभागी हुन चरिकोटबाट हिडेका जिसस प्रमुख डबल पाण्डेलाई सुनखानीबासीले रोकेका थिए । यसले कालिञ्चोक गाउँपालिकामा केन्द्र विवाद उत्कर्षमा पुगेको छ । पोखरे केन्द्र राख्दा लापिलाङ बाहेक सबैले स्वीकार्ने अवस्था हुने पाठक पक्षको अनुमान छ ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिका केन्द्र पोखरेमा प्रस्ताव"

Leave a comment

Your email address will not be published.


*