कालिन्चोक गाउँपालिकाको कार्यलयमा ताला

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखाको कालिन्चोक गाउँपालिकाको कार्यलयमा आज ताला लागेको छ । नेपाल तरुण दल कालिन्चोक गाउँपालिकाले पुननिर्माणमा जनतालाई असहजता उत्पन्न गराएको भन्दै ताला लगाएको बताएको छ । पुर्ननिर्माणमा असर परेका भन्दै तालाबन्दी गरेको तरुण दल कालिन्चोक गाउँपालिका संयोजक पदमराज पाठकले बताए ।
यता कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले क्रसरले गत आर्थिक वर्षको कर गाउँपालिकालाई नतिरेका कारण क्रसर बन्द गर्न बाध्य भएको प्रतिक्रिया दिए । “पटक पटक क्रसरबाट उठेको कर तिर्न ताकेता गरेका हौं”। उनले भने । “क्रसरले कर नतिरेपछि ३ नं. प्रदेश कार्यालयको परिपत्र अनुसार कारबाही स्वरुप क्रसर बन्द गराएका हौं ।” आफ्नो बिक्री गरेको परिणाम अनुसार गाउँपालिकालाई क्रसरले कर तिर्नुपर्ने बताउनु भयो । कालिञ्चोक गाउँपालिका वडा नं. ४ को चप्लेटी नजिक तामाकोसी किनारमा यो क्रसर उद्योग सञ्चालित छ । यो उद्योग ७ वर्षदेखि त्यहाँ सञ्चालित छ ।

Shares

Be the first to comment on "कालिन्चोक गाउँपालिकाको कार्यलयमा ताला"

Leave a comment

Your email address will not be published.


*