कोलम्बिया र जापान पहिलो हाफसम्म १–१ गोलको बराबरीमा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा कोलम्बिया र जापानले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका छन् । जापानले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा पहिलो हाफसम्म बराबरीमा रोकिएको हो ।

खेलको छैटौं मिनेटमा जापानले पेनाल्टीबाट गोल गर्दै अग्रता लिएको थियो । कोलम्बियाका कार्लोस सान्चेजले डिबक्सभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट जापानका सिन्जी कागवाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

हातले बल रोकेका कार्लोसले भने रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । रसियामा जारी विश्वकपमा उनले पाएको रातो कार्ड पहिलो हो । अहिले कोलम्बिया १० खेलाडीमा सीमित छ ।

सुरुवाती समयमा नै निकै आक्रमक खेल खेलेको जापानले राम्रो खेलेको थियो । तर, खेलको ३९औं मिनेटमा जुहान क्युन्टेरोले फ्रिकिकबाट गोल गर्दै बराबरी गरेका हुन् ।

Shares

Be the first to comment on "कोलम्बिया र जापान पहिलो हाफसम्म १–१ गोलको बराबरीमा"

Leave a comment

Your email address will not be published.


*