को हुन ? नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहाल …

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएपछि दोलखा जिल्लामा सर्वसम्मत ढंगले भीम प्रसाद दहाल पार्टी अध्यक्षमा चयन भएका छन् । नेकपा दोलखा मा अध्यक्षको पद तत्कालीन एमालेको भागमा परेको र ६ जनादावेदार मध्ये दहाल छनौटमा परेकाहुन । लामो राजनीतिइतिहास बोकेका उनी अध्यक्ष पदम ाचयनहुँदा यो पदमा हेभी वेट व्यक्तित्व नै स्थापित भएको कार्यकर्ताहरु बताउँछन् । वि.सं. २०१७ सालमा जन्मिएका दहालले स्कुले जीवन देखि नै राजनीति सुरु गरेका हुन् । ३५÷३६ सालबाट दोलखाको काव्रेमा अनेरास्ववियु पाँचौको संगठनमा सक्रियभई उनको राजनीति थालनी भएको थियो । युवा अवस्था देखि नै निकै सक्रिय रहेकाले तत्कालीन पार्टीले गाउँ तहमा निर्माण गरेको (भिजिए) भिलेज एक्टिभ ग्रुप र इलाका तहमा निर्माण गरेको (एपीजीए) एरिया पार्टी एक्टिभ ग्रुपमा नेतृत्वदायी भूमिकामा रहीकाव्रे, गैरीमुदी, मिर्गे, नाम्दू, क्षेत्रपा र जँुगुको साझा नेतृत्व गरेका थिए । वि.सं.२०३९ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर पार्टी निर्माणको अभियानमा होमिएका दहाल दोलखामा मालेको सदस्यता लिने छैठौँ ब्यक्ति थिए । दोलखा जिल्लामा ४४÷४५ सालमा नेकपा मालेको प्रथम जिल्ला अधिवेशन सम्पन्न हँुदा ७ जना सहभागी भएका थिएती ७ जना मध्येका १ थिए भीम दहाल । तत्कालीन दोलखा मालेको जिल्ला पार्टी कार्यालय मैनापोखरीमा थियो त्यो बेला दलहरुले सरकारी दमन खेपीरहनु पथ्र्यो ।

त्यसै सिलसिलमा एकपटक प्रहरीले मेजर अपरेशनका नाममा तत्कालीन पार्टी सचिव पशुपति चौलागाईलाई पक्रेर पार्टीका दस्तावेजहरु लैजान लाग्दा यिनै दहालले बहादुरी पूर्वक प्रहरी फन्दाबाट उम्केर कार्यालयका महत्वपूर्ण र गोप्य दस्तावेजहरुको सुरक्षा गरेका थिए । स्कुले जीवन पछि काठमाण्डौमा महेन्द्र रत्नक्याम्पस पढ्न जादाउनको राजनीतिझनै निखारियो । २०४८ सालमा अनेरास्ववियु क्याम्पस प्रारम्भिक कमिटिको अध्यक्ष बनेर कुशल नेतृत्व प्र्दान गरे । त्यसपछि अनेरास्ववियु काठमाण्डौ जिकको सदस्य, दोलखा काठमाण्डौँ सम्पर्क मञ्चको सदस्य, नेकपा एमाले काव्रे गाउँ कमिटी सचिव, २ नंबर इलाकाको सचिवहुदै जिल्ला कमिटिको सचिवालय सदस्य सम्म रहेर पार्टीका विभिन्न भूमिकामा सक्रिय छन् । भीम दाहाल स्वभावमा शालीन तर साहसी मानिन्छन् । २०५४ सालमा एमाले विभाजन भएर माले बनेपछि मालेको चर्को विरोध गरेका कारण ०५६ सालमा तत्कालीन मालेबाट आक्रमणमा परेकाथिए । त्यस्तै ०६५ सालमा सहकारी आन्दोलनमा पार्टीको पक्षबाट निर्वाचन जितेपछि तत्कालीन माओवादीले सफाया गर्ने लिस्टमा नाम चढाएको थियो । यस्ता कठीन घडीमा समेत आफ्नो अडान कायम राख्ने व्यक्तिलाई अहिले नेकपाले ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । अब सबैलाई मिलाएर लैजानु उनको दायित्वबनेको छ । हिजोका माओवादी र एमाले आज एक भैरहँदाजम्माभएको शक्तिलाई सन्तुलित ढंगले लैजानु उनका लागि अवसर र चुनौति रहेका छन् । राजनीति सँगै भीमदहालको सामाजिक छवी पनिउच्च छ । लामो समय शिक्षण पेशामा रहेर धेरैसँग सामीप्यता कायम गरेका छन् । सहकारी आन्दोलनमा देशभरमै अग्रणी स्थानमाआउने जनसचेतन सहकारीलाई कुशलतापूर्वक नेतृत्वगरिरहेका छन् । सामाजिक रुपमाउनकादाई पुष्कर दहालले जनप्रतिनिधि हुँदा गरेका असलकामको जस पनि यो दहाल परिवारलाई नै छ । यसरी नेकपा दोलखाले एउटा खारिएको व्यक्तिलाई पार्टी सञ्चालनको जिम्मेवारी प्रदानगरिरहँदा पार्टी पंक्तिमानौलो आशा सञ्चार भएको छ । स्थानीयतहमा अरु नेताहरु ब्यस्तहुने भएकाले यो समय पार्टी निर्माणमा धेरै मेहनतपूर्वक लाग्नुपर्ने देखिन्छ । सबैलाई उचितजिम्मेवारी प्रदानगर्दै, सबैको भावनाको कदर गर्दै अघि बढेमादाहाल सफलहुने नेताकार्यकर्ताहरु बताउँछन् ।

Shares

Be the first to comment on "को हुन ? नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहाल …"

Leave a comment

Your email address will not be published.


*