खानेपानी मर्मतसँगै विद्यार्थीले पाए सुविधा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

प्रेम श्रेष्ठ
चरिकोट–दीपज्योती समाज सुधार दोलखाको सहर्काय र कन्सर्न वल्र्डवाइडको आर्थिक सहयोगमा दोलखाका विभिन्न विद्यालयमा “विद्यालयमा आधारित विपत जोखिम न्युनिकरण तथा खानेपानी सरसफाई स्वच्छता प्रर्वधन निरन्तर सहयोग परियोजना अन्र्तगत विभिन्न परियोजना सम्पन्न भएका छन ।
सो परियोजनाले वैतैश्वर गाँउपालिका, मेलुङ गाउँपालिका तथा तामाकोशी गाउँपालिकाको ६ वटा विद्यालयमा खानेपानी विद्यार्थीले सहज सुविधा पाएका छन । खानेपानी मर्मत गरेसँगै विद्यार्थीले सहज सुविधा पाएको जनज्योती माविका प्रअ केदार काफ्ले बताए । त्यसैगरी यस्ता कार्यक्रम निरन्तर दिन उनले काफ्ले अनुरोध गरे । दोलखाको वैतैश्वर गाँउपालिका, तामाकोशी तथा मेलुङ गाउँपालिकामा विपद जोखिम न्युनीकरण संरचनाहरु अन्तर्गत जोखिम विश्लेषणको आधारमा तारजालीको घेरावार तथा सिंडी निर्माण गरिएको दीपज्योती समाज सुधार निर्देशक मकुन्द शिवाकोटीले बताए ।
स्टील रेलिङ निर्माण, मेशनरी वाल, ग्याविल वाल जस्ता संरचना निर्मााण गरिएको कार्यक्रम संयोजक नविन कार्की वताए । खानेपानी मर्मत सम्भार अन्तर्गत परियोजनद्धारा द्वारा सञ्चालित अघिल्लो परियोजनाबाट निर्माण गरिएका खानेपानीका विभिन्न संरचनाहरु इन्टेक निर्माण गरिएको छ । त्यसैगरी पाइपलाइन, खानेपानी धारा, पोलीट्याङ्क तथा अन्य फिटिङ्सहरु मर्मत सम्भार गरिएको निर्देशक शिवाकोटी वताए । वैतश्वर गाँउपालिकाका जनज्योती माध्यमिक विद्याालय र कैलेश्वर आधारभूत विद्यालय तथा तामाकोशी गाँउपालिकाको दुम्सीझाङ आधारभूत विद्यालय विपत जोखिम न्युनिकरण सम्वन्धी विभिन्न तालिम दिएको छ । विपत जोखिम न्युनिकरण कार्यक्रम उपयोगी भएको विद्यालयका प्रअ आङफुरी शेर्पा बताए ।

Shares

Be the first to comment on "खानेपानी मर्मतसँगै विद्यार्थीले पाए सुविधा"

Leave a comment

Your email address will not be published.


*