खोपाचागूमा पहिलो पटक पुग्यो बस

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, १६ असोज
विगू गाउँपालिका वडा नं. ८ खोपाचागूमा पहिलो पटक बस पुगेको छ । सोरुङ खोलादेखि खोपाचागूसम्मको वर्षात्ले क्षतिग्रष्त सडक विगू गाउँपालिकाले सफा गरेर मोड सुधार गरेपछि मंगलबार बस खोपाचागू पुगेको हो ।
पहिलो पटक खोपाचागू पुगेको बस खोपाचागू स्वास्थ्य चौकीसम्म पुगेको छ । मंगलबार साँझ खोपाचागू पुगेको बस, तिनका चालक र सहचालकलाई स्थानीयले भव्य स्वागत गरेका छन् । सोरुङखोला पुगेको बा ३ ख १९०० नं. बस स्थानीयले खोपाचागूसम्म पु¥याए ।
केही दिनदेखि सोरुङखोलादेखि सडक सफा गर्दै खोपाचागूसम्म सकिएको छ । अहिले स्काभेटर खोपचागूबाट विगू गगलातेसम्म सडक सफा गर्ने काम जारी रहेको खोपाचागूबाट सामाजिक कार्यकर्ता सोनी खड्काले जानकारी दिइन् ।
विगू गाउँपालिकाले वर्षात् सकिना साथ ग्रामीण सडक सफा गर्ने, पहिरो पञ्छाउने काम जारी राखेको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । अधिकाँश सडकहरु सफा भइ सकेका छन् । गाउँपालिकाले स्काभेटर घटाघट मूल्यमा लिएर वडा समिति र उपभोक्ता समिति मार्फत सडक सफा गरिएको छ ।

Shares

Be the first to comment on "खोपाचागूमा पहिलो पटक पुग्यो बस"

Leave a comment

Your email address will not be published.


*