खोरथलीमा वैज्ञानीक वन व्यवस्थापन हुने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – दोलखामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन खोरथली सामुदायिक वन हुने भएको छ । खोरथली सामुदायिक वन समूहले चरिकोटमा एक अन्र्तक्रिया कार्यक्रम गरी वैज्ञानीक वन व्यवस्थापनको लागि अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
प्रारम्भीक चरणमा जिल्ला वन कार्यालय दोलखाले दिगो वैज्ञानिक व्यवस्थापनका लागि केही वनहरुलाई छनौट गरिसकेको छ भ ने अन्य वनहरु छनोट प्रक्रियामा छन् । जिल्ला वन अधिकृत गोविन्द दाहालले वनलाई हरियाली बनाउनका लागि जिल्लाव्यापी रुपमा वैज्ञानिक वन व्यवस्थापन अभियान सुरु गर्ने तयारी भैरहेको जानकारी दिए । पहिलो चरणमा सदरमुकाम नजिक पनि भएकाले खोरथलीबाटै यसको सुरुवात गर्न लागेको बताए ।
‘हाम्रा वनका अधिकांश रुखहरु अब काठकै रुपमा पनि उपयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्, त्यसको जैविक र पर्यावरणिय महत्व त झनै घट्दो छ’, दाहालले भने, ‘वनलाई यथास्थितिमा राख्ने हो भने वनको खास अर्थ नहुने भएकाले दिगो वैज्ञानिक व्यवस्थापन गर्न लागिको हो ।’ वैज्ञानिक वन व्यवस्थापन २०७१ को कार्यविधिका आधारमा यसको काम सुरु हुने बताए ।
“बारीमा बालि पाकेपछि निकालिन्छ, बारीमै छाडे नष्ट हुन्छ” उनले भने “वन पनि त्यस्तै हो, निश्चित समेत बढ्ने हो, त्यसलाई त्यही बेला प्रयोग गरे सदुपयोग हुन्छ तर ननिकाले खेर जान्छ ।” वन संरक्षण मात्र गर्नु पर्छ भन्ने मान्यता छ, अब सदुपयोग पनि गर्नका लागेको बताए । वैज्ञानिक वन व्यवस्थापन गर्न कुनै पनि कानुन बाधक नभएको बताए ।
खोरथली सामुदायिक वनका अध्यक्ष नारायण थापाका अनुसार उक्त वनको १ सय ७८ हेक्टर क्षेत्रफल मध्ये १ सय ४० हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन गर्न लागिएको जानकारी दिए । ३.५ हेक्टर क्षेत्रफलको एक क्लष्टरका दरले ४० वर्षमा उक्त वन व्यवस्थापन गर्ने कार्ययोजना बनेको छ । कार्ययोजनामा वार्षीक १४ सयसम्म रुख काट्ने र निश्चित रुखलाई बीऊका रुपमा राखिने बताए । रुख काटिएका स्थानमा विरुवा नउम्रे नयाँ बिरुवा पनि रोप्ने योजना भएको बताए ।
संरक्षणमा मात्रै केन्द्रीत हुँदा पचासौँ वर्ष पुराना रुखहरु धोद्रा हुने, कुहिएर खेर जाने, नयाँ विरुवा उत्पादनमा बाधक हुने, अक्सिजन दिन नसक्ने, भूक्षय पनि रोक्न नसक्ने आदी कारण नयाँ व्यवस्थापनसहित उपयोगमा जोड दिनु परेको वन अधिकारीहरुको दाबी छ ।
वैज्ञानिक वन व्यवस्थापनले काठको परनिर्भरता हटाएर निर्यात प्रवद्र्धन गर्ने, मुलुकको ग्राहास्थ उत्पादनमा टेवा पु¥याउने, रोजगारीको अवसर सिर्जना गर्ने वन क्षेत्रमा कार्यरत अधिकारीहरुको भनाई छ ।
दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले वनलाई पर्यटन प्रद्र्धन र आर्थिक विकासका लागि पनि प्रयोग गर्नु पर्ने बताए । भीमेश्वरबाट सुरु भएको वैज्ञानिक वन व्यवस्थापन अब जिल्लाका ९ वटै स्थानीय तहमा लागू गर्नु पर्ने र स्थानीय निकायको आय स्रोतको माध्यम पनि बनाउनु पर्ने बताए ।
वैज्ञानिक वन व्यवस्थापनमा ठूलो परिमाणमा काठ कटान र बिक्रिवितरण गर्नुपर्ने भएका कारण सुशासन र पारदर्शितामा भने गम्भीर हुनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपालको तराईका कपिलबस्तु, नवलपरासी, चितवन, रुपन्देही लगायतका धेरै वनहरुमा वैज्ञानिक वन व्यवस्थापन सुरु भैसकेको छ ।

Shares

Be the first to comment on "खोरथलीमा वैज्ञानीक वन व्यवस्थापन हुने"

Leave a comment

Your email address will not be published.


*