चरिकोटबाट विप्लवका नेता पक्राऊ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट, २८ साउन
नेपाल बन्दको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका दोलखाका नेता सोम पाख्रिन पक्राऊ परेका छन् । चरिकोट सातदोबाटोबाट सोमबार साँझ उनी पक्रऊ परेका हुन् ।
पार्टीका केन्द्र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राऊ परेको विरोधमा मंगलबार नेपाल बन्दको आव्हान गरेको छ । नेपाल बन्दको अघिल्लो दिन साँझ मसाल जुलुस निकाल्ने नेकपाले घोषणा गरेपछि चरिकोटमा प्रहरीको बाक्लो उपस्थिति थियो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक माधव काफ्लेले पाख्रिन पक्राऊ परेको पुष्टि गरे । पाख्रिन नेकपाको जनवर्गीय संगठन योङ रेड फोर्स दोलखाका संयोजक हुन् ।

Shares

Be the first to comment on "चरिकोटबाट विप्लवका नेता पक्राऊ"

Leave a comment

Your email address will not be published.


*