चरिकोट बजारको मुख्य मुख्य चोकमा सिसि क्यामेरा जडान गरिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– पर्यटकीय नगरी चरिकोट बजारमा सिसि क्यामेरा जडान गरिने भएको छ । शान्ती सुरक्षालाई मध्यनजर गरी दोलखा उद्योग वाणिज्य संघले भीमेश्वर नगरपालिका संगको सहकार्यमा बजार एरियामा सिसि क्यामेरा जडान गर्ने भएको छ । मुख्य चोकहरुमा ४० ओटा सिसि क्यामेरा जडान गर्न लागेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले बताए । सुरक्षित बजार हाम्रो अभियान भन्ने नाराका साथ सुरु गरेको यो अभियानले चरिकोट बजारका व्यवसायीहरुको व्यवसाय सुरक्षित हुनुका साथै अपराधिक क्रियाकलापमा कमि आउने विश्वास रहेको अध्यक्ष कार्कीले बताए । सिसि क्यमेरा तत्काल चरिकोट सातदोवाटो चोक देखि पशुपतिडाँडा, सातदोवाटो देखि पार्टी खोला र सातदोवाटो देखि चरिघ्याङ सम्म जडान गर्न लागिएको छ । सिसि क्यामेरा जडान गर्नको लागि करिव ३० लाख रुपैया लाग्ने भिमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिए । चरिकोटमा रहेका संघ संस्थाको सहकार्यमा सिसि क्यामारा जोडिने इन्जिनियर राउतले बताए । दोलखामा रहेको वैक तथा सहकारीलाई पनि सिसि क्यामारा जोडन सहकार्य गर्ने पनि राउतले बताए ।
जडान कार्य संचालन गर्नको लागि मिति २०७५ भादै २७ गते भिमेश्वर नगरपालिका र दोलखा उद्योग वाणिज्य संघ तथा सरोकारवालाहरुको संयुक्त वैठक बसी दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कमिटि गठन गरेको छ । कमिटिले सरोकारवाला पहिचान, स्थान छनोट, इष्टिमेट निर्माणको काम गरि रहेको संयोजक सुन्दर कार्कीले बताए ।

Shares

Be the first to comment on "चरिकोट बजारको मुख्य मुख्य चोकमा सिसि क्यामेरा जडान गरिने"

Leave a comment

Your email address will not be published.


*