चितुवा छाला सहित ४ जना पक्राउ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–जिल्ला प्रहरी कार्यालय दोलखाले चितुवाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ ।  बुधवार पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको छ । छाला सहित वैतेश्वर गाउँपालिका वडा नं. ४ काव्रेका वर्ष ३४ को प्रदिप गजमेर, जिरी नगरपालिका वडा नं. ९ का ४८ बर्षिय  वेद बहादुर सुनुवार र सोही स्थानका ३५ बर्षिय  नारद सुनुवारलाई पक्राउ गरेको छ ।
तिन जनालाई मैनापोखरीमा चितुवाको छाला विक्रिका लागि ग्राहक खोज्दै गरेको अवस्थामा पक्राउ गरिएको र पक्राउ परेकाहरुको बयानका आधारमा थप एक जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी प्रमुख बासुदेव पाठकले बताए । उनका अनुसार पक्राउ परेकाहरुले पासो थापेर चितुवालाई मारेर छाला विक्रिका लागि मैनापोखरी बजार ल्याएका थिए । पक्राउ गरिएकाहरुलाई आवस्यक अनुसन्धान पछि डिभिजन वन कार्यालय दोलखामा बुझाउने प्रहरीले जनाएको छ । सो छाला पुच्छर सहितको लम्बाई ५ फिट ९ ईन्च र चौडाई २ फिट ६ ईन्च रहेको पनि पाठकले वताए ।

Shares

Be the first to comment on "चितुवा छाला सहित ४ जना पक्राउ"

Leave a comment

Your email address will not be published.


*