चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

…?k;L / eb|Ú sf7df8f}Fdf rLgnfO{ pkxf/ lbg nfluPsf] b'n{e Psl;+u] u}+8fsf] hf]8L …?k;L / eb|ÚnfO{ ;8sdfu{af6 sf7df8f}F NofOFb} . d+unaf/ /ftL sf7df8f}F NofOPsf] u}+8fnfO{ laxLaf/ sfuf{] ljdfgaf6 rLg k7fOFb} 5 . tl:a/ M gf/fo0f 9'+ufgf, /f;;

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौँ, २७ असार ९रासस० ः नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडाँै ल्याइएको छ ।

चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौँ ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा काठमाडौँ भित्र्याइएको जानकारी दिनुभयो ।

काठमाडाँै ल्याइएको गैँडा चीन पठाउने तयारी भइरहेको छ । अहिले उक्त गैंँडाको जोडीलाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको छ ।

विसं २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंँडा उपहार दिने निर्णय गरेको थियो । त्यसको ठिक दुई वर्षपछि बिहीबार एकजोडी गैँंडा चीनलाई उपहारस्वरुप प्रदान गरिँदै छ । सरकारले पोथी गैँडाको नाम रुपसी र भालेको नाम भद्र राखेको छ ।

“सडकमा हुनसक्ने विभिन्न अवरोधलाई ध्यानमा राखेर गैँंडालाई एक दिन अगावै काठमाडौँ ल्याइएको हो,” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो । उहाँपनि गैँंडासँगै काठमाडौँ आउनुभएको छ ।

“बाटोमा कुनै समस्या भएन, सहज रुपमा गैँंडा काठमाडौँ ल्याइयो,” उहाँले भन्नुभयो, “भोलि चीन पठाइने तयारीमा जुटेका छौँ ।” बाटोमा घाँस, केरा, बन्दागोभी, स्याउ र पानी खुवाउँदै गैँंडा ल्याइएको हो ।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह–सेनानी शिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैंँडालाई स्कटिङ गरेको थियो । काठको खोरभित्र राखिएको भद्रलाई ना५ख ७९९६ नं र रुपसीलाई ना७ख १२७० नं को ट्रकमा हालेर ल्याइएको हो ।

गैंँडा ल्याउन चितवन निकुञ्जका प्रमुख ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख अर्यालको नेतृत्वमा भेटेरीनरी प्राविधिज्ञ, वन्यजन्तु प्राविधिज्ञ, मिस्त्री, संरक्षणकर्मी, तथा नेपाली सेना गरी ३५ जनाको टोली सहभागी थियो । पशु चिकित्सकसहित तीन जना चिनियाँ प्रतिनिधि पनि टोलीमा थिए ।

“गैँडालाई चाहिने खानेकुरा र आवश्यक जनशक्तिसहित हामी गैँंडा लिएर आएका छौंँ, बीचमा समस्या परे तत्कालै समाधान गर्ने टिम सँगै छ,” कोषका चितवन प्रमुख अर्यालले भन्नुभयो ।

घाँस काट्ने मान्छे, खोर बनाउने मिस्त्री, उपचारका लागि औषधिसहितका चिकित्सकसँगै ल्याएको अर्याल बताउनुहुन्छ । बाटोमा ठाउँठाउँमा गाडी रोकेर गैंँडालाई दाना पानी खुवाइएको थियो । बेलाबेलामा गर्मीबाट जोगाउन नुहाइदिँदै गैंँडालाई काठमाडौँ ल्याइएको हो ।

रुपसी र भद्रलाई चीनको चिमोलङ सफारीपार्कमा राखिने छ । बाँकी एक जोडी गैँंडा राष्ट्रिय प्रकृति संरक्षण कोषको निगरानीमा कोषकै प्रांगणमा बनाइएको पिट बोमा९सानो खोर०मा राखिएको छ । सरकारी निर्णय अनुसार उक्त जोडी गैंँडालाई आगामी आर्थिक वर्षमा पठाइने छ ।

काठमाडौँबाट गैंँडालाई विशेष कार्गो जहाजमा चीन पठाइने छ । केही समय गैंँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैँंडासँगै चीन जाँदै हुनुहुन्छ ।

चीनमा गैंँडाको आवश्यक चिकित्सकीय सेवा र उसको स्याहार सुसारमा यहाँ भएका प्रक्रियाबारे चिनियाँ प्रतिनिधिलाई सिकाइने रिजालले बताउनुभयो । गएको वैशाख १५ गते अन्दाजी दुई वर्षको भद्रलाई निकुञ्जको पश्चिम क्षेत्र खोरीया मुहान र वैशाख १७ गते रुपसीलाई सुकिभार क्षेत्रबाट समातेर ल्याइएको थियो ।

नेपालले अहिलेसम्म विभिन्न देशमा गरेर २६ गैंँडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैँडा रहेको छ । चितवनमा मात्रै ६०५ गैंँडा रहेको तथ्यांक छ

Shares

Be the first to comment on "चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’"

Leave a comment

Your email address will not be published.


*