जनमुखीले मनायो २२ औ बर्षगाँठ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–जनमुखी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औ बर्षगाँठ मनाएको छ । शुक्रवार संन्चालक समिति ,जनप्रतिनिधी ,शेयर सदस्य तथा संन्चारकर्मीको उपस्थिीतिमा सहकारीको मुख्य कार्यालय मैनापोखरीमा बर्षगाँठ मनाएको हो ।
बर्षगाँठ समारोहमा वोल्दै नेकपाका केन्द्रिय सदस्य तथा दोलखा प्रदेश सभा २ का माननिय सांसद पशुपति चौलागाईले सरकारले ल्याएको तीन खम्वे नीति अनुसार सहकारी पनि विकासको एक महत्वपुर्ण क्षेत्र भएको हुँदा सहकारीले व्यवसायीक र उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । समाजमा सहकारीले कसैलाई पनि विभेद नगरेको र समाजमा जात, धर्म, भाषा, संस्कृती भन्दा सहकारी माथी रहेको चौलागाईले बताए । गाउँपालिका उपप्रमुख रविचन्द्र आचार्यले सहकारीले जनताको जीवन स्तर सुधार गर्न योगदान पु¥याएको बताए । दोलखाको वैत्येश्वर गाँउपालिका, साविक जुगु गाविस, भीमेश्वर नगरपालिका र साविक ठ्लोपातल गाविस मुख्य कार्यक्षेत्र रहेको सहकारीमा हाल १५ हजार ७ सय ३० जना शेयर सदस्य रहेको छ भने ६५ करोड ३८ लाख ४१ हजार कुल पुँजी रहेको छ । “वनौँ जनमुखीमा सदस्य, बनाऔँ समुन्नत भविष्य” भन्ने मुल नाराका साथ सहकारीले त्रिवर्षिय रणनीतिक १७ ओटा उदेश्यहरु अगाडी बढाएको छ
सहकारीले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा गौरिशंकर वालगृहमा रहेका अनाथ बालबालिकाहरुका लागि आज १० हजार सहयोग गर्नुका साथै अस्पतालमा रहेका विरामी हरुका लागि फलफुत तथा जुस वितरण गरेको गरेको छ ।

Shares

Be the first to comment on "जनमुखीले मनायो २२ औ बर्षगाँठ"

Leave a comment

Your email address will not be published.


*