जिरी विकास सवै सहकार्य आवस्यक रहेकोमा सरोकारवालाको जोड

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट— जिरी विकास सवै जिम्मेवार भएर लाग्नू पर्नेमा सरोकारवालाले जोड दिएका छन । जिरी उद्योग वाणिज्य संघ प्रथम साधारण सभामा बोल्ने वक्ताले सो धारणा राखेका हुन । दोलखा प्रदेश सांसद विशाल खडकाले सवैको सहकार्यले मात्र जिरीको विकास हुने बताए । सरकारी तथा निजी क्षेत्रको साझेदारी गर्ने बेला आएको खडकाले धारणा राखे । त्यसैगरी जिरी नगरपालिका मेयर टंक जिरेलले नगरपालिका जिरीको विकासको लागि सवैसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । सफा जिरी ,स्वच्छ जिरी अभियान लाई साथ दिन उनले आग्रह गरे । त्यसैगरी नगरपालिका पर्यटन प्रर्वधनमा विभिन्न नयाँ योजना थालनी गर्न लागेको जानाकारी दिए । जिरीलाई पर्यटन आकर्षण केन्द्र वनाउन बजार छेउमा कृत्रिम तालको निर्माण गर्ने योजना रहेको उनले बताए । त्यसैगरी उक्त तालको निर्माण गर्न सवै जनतालाई आग्रह गरे । केही बर्ष सफा जिरी अभियानले सार्थकता पाउने र केही जिरी नगरपालिका पलाष्टीक मुक्त नरपालिका हुनेमा जिरेलले दावी गरे । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुर्दशन कार्कीले जिरी नरपालिकाको समग्रह विकास गर्नको लागि सरकारले निजी क्षेत्र सँग सहकार्य गर्नू पर्नेमा जोड दिए । त्यसैगरी कार्कीले फरक प्रसङमा सरकारले औद्योगिक बतावरण वनाउनु भन्दा पनि विर्गान लागेकोे आरोप लगाए । त्यसैगरी दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले वैकको व्याजरदर घटबढले व्यबसायी मर्म परेको बताए । त्यसैगरी देशको विकासको लागि निजी तथा सरकारी क्षेत्रको सहकार्य आवस्यक रहेको उनले बताए ।त्यसैगरी जिरी उद्योग वाणिज्य संघ नयाँ कार्यसमितिको चयनको लागि बुधवार मतादान भएको छ ।

Shares

Be the first to comment on "जिरी विकास सवै सहकार्य आवस्यक रहेकोमा सरोकारवालाको जोड"

Leave a comment

Your email address will not be published.


*