टी–ट्वान्टी विश्व कप क्रिकेट छनाेटः नेपाल र म्यानमार भिड्दै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

१७ असोज, काठमाडौं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार १२ बजेर १५ मा सुरु हुनेछ ।म्यानमारलाई पराजित गर्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । म्यानमार पनि नेपाललाई रोक्ने प्रयासमा रहेको छ । नेपाल र म्यानमारले पहिलो पटक सन् २००६ मा एसीसी ट्रफीमा खेलेको थियो । जुन खेलमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । त्यतिबेला नेपालले चमत्कारिक प्रदर्शन गर्दै म्यानमारलाई १० रनमा नै अलआउट गर्न सफल भएको थियो । ११ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले मात्र २ बलमा खेल जितेको थियो । छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।

Shares

Be the first to comment on "टी–ट्वान्टी विश्व कप क्रिकेट छनाेटः नेपाल र म्यानमार भिड्दै"

Leave a comment

Your email address will not be published.


*