तामाकोशी जलबिद्युत आयोजना शेयरको छलफल

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– माथिल्लो तामाकोशी जलबिद्युत आयोजना शेयरको लगानी वातावरण दोलखाका सहकारीले बनाउनु सरोकारवाला बताएका छन ।
सोमवार सदरमुकाम चरिकोटमा गरिएको छलफलमा जिल्ला समन्वय समति दोलखा प्रमुख डवल पाण्डेले दोलखाका सवै जनताले शेयर हाल्ने वातावरण वन्नू पर्ने बताएका छन । “सवै जनता सहभागि भएमा मात्र अरु वन्ने आयोजनामा दोलखाका जनताले मात्र जलविद्युतमा शेयर हाल्न सक्छन भन्ने सन्देश जान्छ ” पाण्डे भने । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौंलागाँईले सहकारी आबद्ध सवै जनताले शेयर हाल्ने वातावरण वनाउनु पर्ने धारणा व्यक्त गरे । कम पँुजी भएका सहकारीले अन्य संस्थाबाट ऋण लिएर भए पनि जनतालाई शेयर वातबरण वनाउन दोलखाका सहकारीहरुलाई आग्रह गरे । दोलखमा सवै सहकारीमा आबद्ध सदस्य यो अभियानमा छुट्न नहुने चौंलागाँईको भनाई रहेको छ । कार्यक्रममा दोलखा जिल्लावचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष जिवसराज खड्का, जिल्लाबहुउद्देस्यीय सहकारी संघका अध्यक्ष श्यामकाजी केसी, जिल्ला कृषी सहकारी संघका अध्यष्क्ष अम्विका गोलेले र जिल्ला सहकारी संघ लि. का महासचिव देवी प्रसाद शर्माले मन्तव्य व्यक्त गरेका छन ।
जिल्लाबासीका लागि तामाकोशी आयोजनाले २०७५ श्रावण १६ देखि भाद्र १४ गते सम्मको लागि शयेर आवेदन गर्ने समय सिमा निर्धारण गरेको छ ।

Shares

Be the first to comment on "तामाकोशी जलबिद्युत आयोजना शेयरको छलफल"

Leave a comment

Your email address will not be published.


*