तामाकोसीको सेयर संकलन भव्य बनाउन उर्जा मन्त्री दोलखामा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– अप्पर तामाकोसी जलविद्युत आयोजनाको सेयर पर्वकै रुपमा भव्य रुपमा सुरुवात गर्ने तयारी छ । आजबाट संकलन सुरु हुने सेयरको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन समेत दोलखा आएका छन ।
ऊर्जामन्त्रीको साथमा ऊर्जा सचिव अनुपकुमार उपाध्याय, अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका अध्यक्ष समेत रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित बुधबारदेखि सुरु हुने सेयर संकलनका लागि मंगलबारै चरिकोट आइपुग्ने कार्यक्रम रहेको प्रदेश सभा सांसद विशाल खड्काले जानकारी दिए । तामाकोसीको सेयरको बारेमा दोलखाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र वडाध्यक्षहरुको उपस्थितिमा जानकारी दिने कार्यक्रम रहेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जनाकारी दिए ।
सेयरबारेमा जानकारी दिनका लागि सुरुवातका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका प्रतिनिधिहरु समेत सहभागी हुनेछन् । माथिल्लो तामाकोसीको सेयर हालसम्मकै सबैठूलो सेयर हो ।

Shares

Be the first to comment on "तामाकोसीको सेयर संकलन भव्य बनाउन उर्जा मन्त्री दोलखामा"

Leave a comment

Your email address will not be published.


*