तामाकोसी गाउँपालिकाका जनप्रतिनिधि ८ घण्टा थुनिएर छुटे

ताजा समाचारको लागि फलो गर्नुहोस ।

  • दीक्षण समाचार
    दोलखा, १७ भदौ
    तामाकोसी गाउँपालिकाको कार्यपालिका कार्यालयमा अध्यक्ष इश्वरचन्द्र पोखरेल, उपाध्यक्ष उर्मिला खड्का र प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेललाई कार्यकक्षमै राखेर बाहिरबाट तालाबन्दी भएको छ । तामाकोसी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष महेश काफ्ले नेतृत्वको टोलीले आइतबार दिउँसो तालाबन्दी गरेको हो ।
    दिउँसो १२ बजेदेखि थुनामा रहेका जनप्रतिनिधि र कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय चरिकोटबाट गएको प्रहरीको टोलीले ताला काटेर उद्धार गरेको हो । प्रहरीले गेट लगाएको ताला काटेपछि वार्ता गराउने प्रयास गरेको थियो । एक घण्टासम्म वार्तामा कुनै सहमति हुन नसकेपछि थुनिएका जनप्रतिनिधिलाई बाहिर निकालेर पुनः ताला लगाएको छ ।
    प्रहरीले तामाकोसी गाउँपालिकाका अध्यक्ष, इश्वरचन्द्र पोखरेल, उपाध्यक्ष उर्मिला खड्का, प्रशासकीय अधिकृत दिपेश कट्टेल सहित लेखा शाखा, प्राविधिक शाखाका कर्मचारीहरु सहित ८ जनालाई उद्धार गरेको हो । साँझ साँढे ८ बजेतिर उनीहरुलाई प्रहरीले उद्धार गरेको हो । जनप्रतिनिधि र कर्मचारीलाई उद्धार गरेपछि स्थानीयले पुनः गाउँपालिकामा तालाबन्दी गरेका छन् ।
    आफ्ना वडाको कुरा नेतृत्वले सुनुवाइ नगरेको भन्दै वडा नं. १ का ३ दिनअघि वडाअध्यक्ष महेश काफ्लेले लगाएको ताला काटेर अध्यक्ष सहितको टोली भित्र गएपछि बाहिरबाट पुनः तालाबन्दी गरेर अध्यक्ष पोखरेल सहितको टोलीलाई भित्रै बन्धक बनाएका थिए ।
    अध्यक्ष पोखरेलले बाहिरबाट केही व्यक्तिहरुले ताला लगाएका कारण आफू साँझसम्म भित्रै भएको बताए । प्रशासन कक्षमा तीनै जना थुनिएको उनले बताए । ढुङ्गा, गिटी बालुवाको ठेक्का आफ्ना मान्छेलाई पार्नका लागि हत्कण्डा गरेको बताए ।
    वडाध्यक्षको धैर्यता र सालिनतालाई कमजोरी ठानेको कारण गाउँपलिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको वडाध्यक्ष काफ्लेले जनाएका छन् । स्थानीय वडा समिति र स्थानीयसँग समन्वय नगरी एकलौटी रुपमा काम गर्न थालेपछि तालाबन्दी गर्न बाध्य भएको प्रतिक्रिया दिए । वडा नं. १ को हितको लागि ३ सुत्रीय माग राखी पालिकाको कार्यालयमा तालावन्दी गरेको बताए । जनताले नै तालाबन्दी गरेको उनले बताए ।
    बालुवा गिटी उत्खनन्बाट गाउँपालिकाले प्राप्त गर्ने कर रकमको ५० प्रतिशत रकम प्रभावित क्षेत्रमा विकास निर्माणको लागि खर्च गरिने सुनिश्चितता, प्रकाशित टेण्डको साइट ७ वी पूर्ण रुपमा व्यक्तिको जग्गा पर्ने भएकोले उक्त साइट टेण्डरबाट हटाउने र प्रकाशित टेण्डको साइट ७सी झुलेडाँडा देखिएको पहिरोको कारण व्यक्तिको जग्गा क्षति भएको र त्यस स्थानमा उत्खनन गर्दा झनै ठूलो जोमिममा पर्ने सम्भावना भएको हुँदा सो सूची टेण्डरबाट हटाउनु पर्ने माग गर्दै आएका छन् ।
Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकाका जनप्रतिनिधि ८ घण्टा थुनिएर छुटे"

Leave a comment

Your email address will not be published.


*