तामाकोसी गाउँपालिकाको ताला सहमतिमा खुल्यो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
दोलखा, १८ भदौ

तामाकोसी गाउँपालिकाको कार्यपालिका कार्यालयमा लागेको ताला सहमतिमा खुलेको छ ।सोमवार बसेको कार्यपालिकाको बैठकमा सो सहमति भएको हो ।
वालुवा उत्खनन् गर्न सो गार्उपालिका वडा १ का अध्यक्ष महेश काफ्ले संयोजक रहेको ९ सदस्य अनुगमन समिति गठन भएको छ । समितिमा गाँउपालिका बाट ३ जना सदस्य रहेका छन । सो समितिमा वडा नंम्वर ३ बाट राम प्रसाद काफ्ले तथा वडा नंम्वर ५ बाट राजकुमार रोक्का सदस्य रहेका छन । त्यसैगरी अनुगमन समितिमा ६ जना सदस्य भने जिल्ला स्थीत ६ वटा सरकारी कार्यालयका प्रतिनिधी सदस्य रहेका छन । जसमा जिल्ला प्रशासन कार्यालय , जिल्ला समन्वय समितिबाट , जिल्ला मालपोत कार्यालय ,नापि कार्यालय ,प्राविधिक कार्यालय तथा जिल्ला प्रहरी कार्यलयका एक जना प्रतिनिधी समितिमा रहने व्यवस्था गरिएको छ । समितिले अध्ययन गरेको प्रतिवेदनको आधारमा वालुवा उत्खनन् गर्ने सहमति भएको छ ।
समितिलाई २१ दिन भित्र प्रतिबेदन पेश गर्ने जिम्मेवारी दिएको छ । समितिले प्रतिवेदन पेश नगरेसम्म ठेक्का लागेको ठाँउमा समेत बालुवा उत्खनन् गर्न रोक लगाइएको छ । त्यसैगरी सो गाउँपालिकाको समितिलाई नयाँ २ स्थानमा समेत अध्ययन गर्ने र सोे प्रतिवेदन कार्यपालिका बैठकमा पेस गर्ने जिम्मेवारी तोकिएको छ । सो गाउँपालिकाको खिम्ती खोलाको जल्पा देवी स्थान तथा मालुखोलाको दोभानमा समेत सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी तोकिएको छ । हाल भएको टेन्डर प्रक्रियालाई भने अगाडी बढाउने सहमती भएको छ ।
यसअघि आइतवार तामाकोसी गाउँपालिकाको कार्यपालिका कार्यालयमा अध्यक्ष इश्वरचन्द्र पोखरेल, उपाध्यक्ष उर्मिला खड्का र प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेललाई कार्यकक्षमै राखेर बाहिरबाट तालाबन्दी भएको थियो । तामाकोसी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष महेश काफ्ले नेतृत्वको टोलीले आइतबार दिउँसो १२ बजेदेखि तालाबन्दी गरेको थियो । तालावन्दी भए पछि जनप्रतिनिधि र कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय चरिकोटबाट गएको प्रहरीको टोलीले ताला काटेर वाहिर निकालेको थियो ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकाको ताला सहमतिमा खुल्यो"

Leave a comment

Your email address will not be published.


*