पत्रकार भण्डारीको पहलमा ६० हजार सहयोग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –भुकम्प पिडित वाल वालिकाको लागि पत्रकार गोर्कण भण्डारीको पहलमा संङकलन भएको रकम सोमबार हस्तारण गरिएको छ । दोलखाको विगु गाँउपालिका वडा नम्बर ५ स्थीत हिमालय मावि अध्ययनरत कुष्ण बहादुर खडकाका छोराछोरीलाई अध्ययनमा सहयोग पुग्ने उदेश्यका साथ उक्त रकम हस्तान्तरण गरिएको हो । नगद ६० हजार रकम तथा स्कुलमा प्रयोग हुने अन्य शैक्षिक सामाग्री वडाअध्यक्ष मधुकर गुरुङको हातबाट उक्त रकम पत्रकार भण्डारीले हस्तान्तरण गरेका हुन । खडका २०७२ साल बैसाखमा आएको भुकम्पको राहत लिएर सिंगटीबाट घर फर्कने क्रममा बाटोमा घाइते भएका थिए भने उनकी श्रीमतीको सो भुकम्पमा परि निधन भएको थियो । उनी पनि सो भुकम्पमा परि गम्भिर घाइते भएका थिए। हाल उनका तीन जना सन्तान रहेका छन । खड्काको अत्यतै कमजोर शारिरिक अबस्थाका कारण १२ बर्षिय रञ्जिता खड्का १० बर्षिय रबिन्द्र ५ बर्षिय सञ्जिताको पठनपाठनका लागि समस्या भएको थियो । राहतले आफुलाई सहयोग पुगेको खडकाले बताए । भुकम्प पिडित बालवालिकालाई सहयोग रमक सङकलन गर्न पाएको आफूलाई गर्भ महसुस भएको पत्रकार भण्डारी बताए ।पत्रकार भण्डारीले आमाको मृत्यु भएको र बुवाको शारिरिक अबस्था कमजोर भएका कारण आफुहरुले गरिब बालबालिकालाई सहयोग गरेको बताउँदै आमाको मृत्यु भएकै कारण र बुवा अपाङ्ग भएका कारण उनिहरुका तिन जना छोराछोरीको पढाई नबिग्रीयोस भनेर आर्थिक संकलन गरि सहयोग रकम हस्तान्तरण गरेको बताए । रकम र स्टेशनरी सहयोग गर्नेहरुमा अल्पाईन पब्लिक स्कुल चरिकोटका प्रीन्सिपल उद्धब थापा सत्र हजार पाँच सय, द राईजिङ स्टार बोडिङ स्कुलका प्रीन्सिपल उपेन्द्र अधिकारी सत्र हजार,झापा दमक नगरपालिका घर भएका भिमेश्वर नगरपालिकाका श्रोत ब्यक्ती सोम तिवारी पन्ध्र हजार, दोलखा कालिन्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानी मलेपुकी बिन्दीया खड्का ५ हजार ,शैलुङ गाउँपालिका वडा नम्बर ६ भुषाफेदाकी अहेब शशि लामा ५ हजार र स्टेशनरी गोरखा जिल्ला पालुङटार घर भएकी हाल चरिकोटमा स्टेशनरी ब्यवसाय संञ्चालन गर्दै आएकी आचार्य बुक्स एण्ड स्टेशनरीकी सकुन्तला आचार्य एक बर्षका लागि कपि, कलम सहित अन्य सामाग्री र चरिकोट सातदोबाटो चोकमा रोयल क्याफे संञ्चालन गरिरहेका पुस्कर अधिकारीबाट तिनवटा झोला संकलन गरि हस्तान्तरण गरिएको हो ।

Shares

Be the first to comment on "पत्रकार भण्डारीको पहलमा ६० हजार सहयोग"

Leave a comment

Your email address will not be published.


*