त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

साउन १४, २०७५

काठमाडौं– बेलायतमा भएको एकदिने त्रिकोणात्मक २०–२० शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । लर्ड्स मैदानमा भएको खेलमा वर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिना निष्कर्ष सकिएकाले आफ्नो अघिल्लो खेलमा जित निकालेका दुवै टिमलाई विजेता घोषित गरिएको हो ।

आइतबार बेलुका भएको पहिलो खेलमा नेपालले स्थानीय क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ९ विकेटले हराएको थियो । वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा नेपालले ४१ रनको लक्ष्य ४ ओभर ४ बलमा एक विकेटको क्षतिमा भेट्टायो ।

नेदरल्याण्ड्सले पनि वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा एमसीसीलाई १० रनले हरायो । नेदरल्याण्ड्सले प्रस्तुत गरेको ७३ रनको लक्ष्य पछ्याएको एमसीसीले ६३ रन मात्रै बनाउन सक्यो ।

शृङ्खलाको निर्णायक मानिएको खेलमा नेपाल  र नेरल्याण्ड्स भिडेका थिए । रातिको यो खेल वर्षाका कारण रोकियो । नेदरल्याण्ड्सले १६ ओभर ४ बलमा चार विकेटको क्षतिमा १७४ रन बनाएको अवस्थामा खेल ठूलो वर्षाका कारण रोकिएको हो ।

Shares

Be the first to comment on "त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता"

Leave a comment

Your email address will not be published.


*