त्रिवि परीक्षाको सबै काम ‘ईएमआईएसमा’

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौँ, २२ माघ-  त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी रजिस्ट्रेसनलगायत सम्पूर्ण विवरण ‘परीक्षा व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा राख्ने भएको छ । ६ वर्ष लामो प्रयासपछि त्रिविले यो व्यवस्था आउँदो फागुन दोस्रो साताबाट कार्यान्वयन गर्न लागेको हो । प्रविधिको प्रयोगले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) धाउने विद्यार्थीले सहज ढंगले सेवा पाउने दाबी गरिएको छ ।

अहिलेसम्म केन्द्रीय कार्यालय काठमाडौंबाट मात्र प्रदान गरिएको सेवा अबदेखि सातै प्रदेशबाट प्रदान गरिने त्रिविले जनाएको छ । त्रिविका परीक्षासम्बन्धी क्षेत्रीय कार्यालय पोखरा, विराटनगर, नेपालगन्ज र धनगढीमा छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अब सातै प्रदेशको राजधानीमा कार्यालय विस्तार गरिने छ

Shares

Be the first to comment on "त्रिवि परीक्षाको सबै काम ‘ईएमआईएसमा’"

Leave a comment

Your email address will not be published.


*