थामी समाजको सम्मान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–२०७४ सालको एईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल थामी समुदायका विद्यार्थीलाई नेपाल थामी समाज दोलखाबाट सम्मानित गरिएको छ । दोलखा सदरमुकाम चरिकोटमा आयोजित एस ई ई परिक्षामा उत्कृष्ट हुने थामी समुदायका १८ जना बिद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि, कालिञ्चोक गाउँपालिका प्रमुख तथा नेपाल थामी समाजका पुर्व अध्यक्ष विन कुमार थामी लगाएतका अतिथिहरुले उत्कृष्ट बिद्यार्थी हरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै खदा र अविर लगाएर सम्मान गरे । आगामी दिनहरुमा एस इ इ परिक्षामा सहभागी हुने बिधार्थिहरुको उत्प्रेरणा लाई बिकसित गराउन को निमित आयोजित कार्यक्रममा क्रमशः किरण थामी, मिनु थामी, सुस्मा थामी, संचिता थामी, आशिष थामी, बुद्धिमान थामी, मणिकुमार थामी, सुस्मा थामी, तुलकुमार थामी, विपना थामी, शंकर थामी, रमिला थामी, अञ्जना थामी अञ्जु थामी, विल बहादुर थामी, सुस्मिता थामी, विशाल थामी र मिलन थामी गरि जम्मा १८ जना सम्मानित भएका थिए, जसमध्ये सामुदायिक विद्यालयबाट सबैभन्दा बढि ग्रेड ल्याउन सफल किरण थामी, मिनु थामी र सुस्मिता थामी लाई जनही नगद तीन हजार रुपैयाँ सहित सम्मानित गरिएको थियो
सम्मानित उत्कृष्ट विद्यार्थीहरुलाई प्रमुख अतिथि विन कुमार थामी, नेपाल थामी समाज केन्द्रिय कार्यसमितिका सल्लाहाकारहरु गोपिलाल थामी, टहल थामी, जगतमान थामी, ठुला थामी, महासचिव लक्ष्मण थामी, नेपाली कांग्रेस दोलखाका सचिव सन्तोष रिमाल, जनजाति महासंघ जिल्ला समन्वय परिषद दोलखाका उपाध्यक्ष देवेन्द्र थामी,भिम मावि दोलखाका प्रधानाध्यापक सुन्दर खड्का, प्रवास भिजन ईन्भेष्टमेन्ट प्रालिका म्यानेजिंग डाईरेक्टर विजय दुलाल लगाएतले पनि शुभकामना मन्तव्य व्यक्त गरि आगामी दिनहरुमा पनि नेपाल थामी समाज दोलखा लाई निरन्तर साथ र सहयोग रहिरहने छ भन्ने उद्घोष गर्दै सम्मानित बिधार्थी हरुलाई बधाई तथा शुभकामना दिएका थिए!

नेपाल थामी समाज दोलखाका अध्यक्ष भक्तसिंह थामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अन्तर्रा्ष्ट्रिय समन्वय समाज दोलखा का सचिब नितेश कुमार थामी, निकोभुमे म्युजिक प्रालिका अध्यक्ष राजकुमार थामी, विकास थामी र कार्यक्रम मा भरपुर मनोरन्जन दिलाउने कलाकारहरु इन्दु थामी , सुन्दरी थामी र रुपा थामी लाई पनि कदरपत्र द्वारा सम्मान गरिएको थियो।

Shares

Be the first to comment on "थामी समाजको सम्मान"

Leave a comment

Your email address will not be published.


*