देश लोडसेडिङमुक्त ! , औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको घोषणा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।

चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागु हुनेगरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए ।

सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

“खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ  रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं,” घिसिङको भनाई उद्धृत गर्दै प्राधिकरणले जारी गरेको प्रेस नोटमा भनिएको छ, “अब मुलुक पूर्ण रुपमा लोडसेडिङमुक्त भएको छ ।”

घिसिङले सोमबारदेखि मुलुकका कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने जानकारी दिएका छन् ।  अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको  घिसिङले जानकारी दिए ।

प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणकारुपमा काठडमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई  लोडसेडिङमुक्त गरेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रशारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवै विकास निर्माणका कारण  समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे ।

“बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्इ समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता)उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझै सहयोग गर्न उपभोक्तालाई आग्रह गर्दछु,” अधिकारीले भनेका छन् ।

Shares

Be the first to comment on "देश लोडसेडिङमुक्त ! , औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य भएको घोषणा"

Leave a comment

Your email address will not be published.


*