दोलखाको पुरानो सहकारी कालिन्चोकले मनायो ४७ औ वार्षिक साधारण सभा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – दोलखाको पुरानो सहकारी कालिन्चोक सहकारी संस्था लिमिटेडले ४७ औ वार्षिक साधारण सभा चरिकोटमा गरेको छ ।
संस्था अध्यक्ष राजेश उपे्रतीले संस्थाको शेयर पुँजी ६३ लाख ५४ हजार १८७ रहेको जानकारी दिए । संस्थाका आर्थिक बाषिक प्रतिवेदन सचिव भुवन कुमार श्रेष्ठले तथा आर्थिक प्रतिवेदन कोषध्यक्ष राजकुमार खडकाले प्रस्तुत गरेका थिए । संस्थाको साधारण सभा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई उद्धघाटन गरेका थिए । हाल सहकारीमा ७ सय ५६ जना सेयर सदस्य रहेका छन भने बाल सदस्य १सय १ रहेका छन । सहकारीले अगामी बर्ष एक हजार शेयर सदस्य बनाउने लक्ष्य लिएको संस्था अध्यक्ष उपे्रतीले जानकारी दिए । त्यसैगरी वाल सदस्य २ सय पु¥याउने लक्ष्य लिएको उनले बताए ।

Shares

Be the first to comment on "दोलखाको पुरानो सहकारी कालिन्चोकले मनायो ४७ औ वार्षिक साधारण सभा"

Leave a comment

Your email address will not be published.


*