दोलखामा खोरेतको महामारी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट÷ ३ साउन–गौरीशंकर गाउँपालिका वडा नं. २ मा घरपालुवा जनावरलाई खुट्टामा घाउ हुने (खोरेत) रोगको माहामारी लागेको छ । २ हप्ता यता खोरेतले अधिकाँश किसानले पालेका पशुमा रोग लागेको हो ।
रोग गौरीशंकर गाउँपालिका वडा नं. १ र २ भर नै खोरेतले समस्या पारेको गौरीशंकर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बसन्त कार्कीले जानकारी दिए । “गाउँमा २ जना प्राविधिक छन्, तर किसानले सेवा पाउन सकेका छैनन्” उनले भने “कर्मचारीहरु औषधीको अभाव देखाउने गरेका छन् ।”
उनले गाउँपालिका सहित माथिल्लो निकायमा समेत ताकेता गर्दा समेत काम नभएको गुनासो गरे । समयमा यसको उपचार नभए सबै घरपालुवा जनावरमा रोग गर्ने खतरा छ । उता गौरीशंकर गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्काले रोगको महामारीको बारेमा आफूलाई जानकारी भए तापनि प्राविधिक र औषधीको अभावमा उपचार गर्न नसकेको स्वीकार गरे ।
गौरीशंकरको ४ वटा वडामा महामारी फैलिएको जानकारी आएकाले प्रदेश र संघीय सरकारलाई फोनमार्फत जानकारी गराएको बताए । निशुल्क पाउने औषधी उपलब्ध गराउनका लागि माथिल्ला निकायमा आग्रह गरेकाले चाँडै पाउने आशा व्यक्त गरे ।
यता जिल्ला पशुसेवा कार्यालय दोलखाका डा. रामचन्द्र सापकोटाले बजेट सहितका कार्यक्रम गाउँपालिकामै गएकाले यसको काम उतैबाट गर्नु पर्ने बताए । कालिञ्चोक गाउँपालिका, गौरीशंकर लगायत विभिन्न ठाउँ खोरेतको महामारि फैलिएको सूचना आफूकहाँ आएको उनले बताए । महामारि नियन्त्रणका लागि सम्बन्धित स्थानीय सरकारहरुले पहल गर्नु पर्ने बताए ।

Shares

Be the first to comment on "दोलखामा खोरेतको महामारी"

Leave a comment

Your email address will not be published.


*