दोलखामा पशु औषधी अभाव

ताजा समाचारको लागि फलो गर्नुहोस ।

विश्वदीप थपलिया
चरिकोट –  दोलखाको स्थित पशु सेवा कार्यलयमा औषधीको कमी भएको छ । विमारी भएको पशुहरुको उपचारका लागि कार्यालयमा प्रयाप्त औषधी नभएको हो । पशु स्वास्थ्य प्राविधिक मोहन कुमार खड्काले भने “औषधी अभावमा अत्यावश्यक कार्यालय वाहिरबाट किन्नु परेको छ ।”
पशु कार्यालय स्थानीय तह गए तापनि चरिकोट पशु स्वास्थ्य कार्यालयमा लोड सवाग्राहीहरु आउने क्रम नघटेको खड्काले वताए । हाल पशु स्वास्थ्य कार्यालयमा खोप सम्वन्धी नियमित सेवा प्रदान भइरहेको छ । पशु विमाको लागी आई एम इ इन्सुरेन्स र प्रिमियर इनसुरेन्स चरिकोटमार्फत हुने गरको छ ।
जिल्लामा पशु सेवा कार्यालय रहने नरहने संक्रमणकालिन अवस्थाका कारण प्रयाप्त औषधी खरिद नगरिएको जिल्ला पशु सेवा कार्यालयका डा. रामचन्द्र सापकोटाले जानकारी दिए । संघीय सरकारले पशु सेवाका बजेट पनि स्थानीय तहमै पठाएकाले जिल्लामा बजेट अभाव भएको बताए ।
जिल्लामा रहेका कृषि, पशु, सहकारी, स्वास्थ्य जस्ता कार्यालयहरु एक हप्ता मात्र रहने सरकारले निर्णय गरेको छ । कार्यालय रहने नरहने अन्यौलका कारण जिल्लामा आएको पुर्न निर्माणको कार्यक्रम समेत सुरु हुन नसकेको पशु सेवा कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा पशु औषधी अभाव"

Leave a comment

Your email address will not be published.


*