दोलखालीलाई तामाकोसीको सेयर खुल्यो, ३० देखि ३०० कित्ता किन्न पाउने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखामा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले स्थानीयबासीका लागि सेयर बिक्री खुला गरेको छ । पहिलो चरणमा आगामी असार २४ गतेदेखि स्थानीयका लागि सेयर निष्कासन गरिएको हो । उनीहरूले साउन ९ गतेसम्म सेयर खरिद गर्न आवेदन दिन पाउनेछन् । सय रुपैयाँ अंकित २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये जिल्लाबासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ । बाँकी १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणलाई छुट्ट्याइएको छ । स्थानीयका लागि न्यूनतम ३० कित्ता र बढीमा ३ सय कित्तासम्म खरिद गर्न आवेदन दिन सक्नेछन् । पहिलो चरणको निष्कासन तथा बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन हुने कम्पनीले जानकारी दिएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी काेष र सनराइज क्यापिटल लिमिटेडलार्इ नियुक्त गरिएकाे छ । दोलखाबासीलाई ३ चरणमा विभाजन गरेर सेयर बाँडफाँड गरिनेछ । आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावितको सूचीमा नरहेका  गरी सेयर बाँडफाँड हुने जनाइएको छ । पहिलो र दोस्रो चरणको सेयर निष्कासनबाट २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने हुनेछ । सर्वसाधारणलाई बिक्री गरिने सेयर अर्को सूचना जारी गरी जानकारी गराइने बताइएको छ । सर्वसाधारणले ५० देखि हजार कित्तासम्म किन्नका लागि आवेदन दिन पाउँनेछन् ।अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आयोजना निर्माणस्थल, गोंगर र कृषि विकास बैंक लिमिटेड चरिकोट, सेन्चुरी कर्मसियल बैंक लिमिटेड चरिकोट, सिंगटी र जिरी, सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड चरिकोट, लक्ष्मी बैंक लिमिटेड चरिकोट, प्राइम कमर्सियल बैंक लिमिटेड जिरी, मैनापोखरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड चरिकोट, सिद्धार्थ बैंक लिमिटेड चरिकोट, एनएमबी बैंक लिमिटेड किर्नेटार र महालक्ष्मी बैंक लिमिटेड चरिकोटबाट आवेदन फारम भरी बुझाउन सकिनेछ ।

क–कसले पाउँछन् सेयर
दोलखावासीमध्ये सेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्मदर्ता भएका बालबालिका र विवाह भई आएका महिलाले विवाहदर्ता प्रमाणपत्रका आधारमा सेयर पाउँछन् । त्यस्तै, दोलखा जिल्लावासीले नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने हुन्छ ।
सेयर दिने प्रयोजनका लागि जिविस दोलखाले ३ वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । तामाकोसीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाहरूले पनि सेयर खरिद गर्न पाउने व्यवस्था छ ।
स्थानीयहरुले न्यूनतम् ३० कित्ता र अधिकतम् ३०० कित्तासम्म लगानी गर्न पाउने  छन् ।

 

Shares

Be the first to comment on "दोलखालीलाई तामाकोसीको सेयर खुल्यो, ३० देखि ३०० कित्ता किन्न पाउने"

Leave a comment

Your email address will not be published.


*